युवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा

-


     नेपालय न्युज    
     असार १२ गते २०७८


पोखरा, १२ असार । पोखराका युवा व्यवसायी हरिराज पन्त नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित भएका छन् । पन्तलाई कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले गएको चैतमा नै सो पदमा मनोनयन गरेका थिए । कोभिडको कारण पन्तले मनोनयनपत्र भने हालसालै बुझेका हुन् ।
पन्त पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा नेपाल वितरक महासंघका महासचिवसमेत हुन् । लायन्स क्लबदेखि अन्य सामाजिक संघ÷संस्थामा क्रियाशिल रहेका पन्तले उद्योगी÷व्यवसायीहरुको हितमा कार्यरत रहँदाकै बेला प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । ‘निजी क्षेत्र मैत्री वातावरण निर्माणमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुन्छ’,उनले भने,‘खुल्ला अर्थतन्त्रको पक्षमा रहेको कांग्रेसको भूमिका अझ व्यवसाय मैत्री बनाउनको लागि म नीतिगत रुपमा नै लबिङमा लाग्नेछु ।’

WP2Social Auto Publish Powered By : XYZScripts.com