असार १४, पोखरा । कास्की जिल्ला प्रशासनले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार २५ गतेसम्म थप गरेको छ ।
प्रशासन कार्यलयले सोमबार आदेश जारी गर्दै नीजि तथा सार्वजनिक यातायातमा जोर विजोर प्रणाली लागू गरिने जानकारी दिएको छ ।
जिल्ला भित्र चल्ने सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू भएपनि लामो दुरीका सवारीसाधन भने चल्न पाउने छैनन् ।
यस्तै डिपार्टमेन्टल स्टोर ,खाद्यान्न पसल, सुनचाँदी पसल , स्टेशनरी , खेलकुद , भाँडा , अटोमोबाइल्स , कपडा तथा फेन्सी पसल र निर्माणजन्य सामाग्रीका पसलहरु स्वास्थ्य मापदण्ड पालना गरि बिहान ११ बजेदेखी बेलुकी ६ बजे सम्म खोल्न पाइने आदेशमा उल्लेख छ ।
सिनेमा हल, जिम , होटल रेष्टुरेण्ट , नाचघर , क्लब , डान्सबार दोहोरी , व्युटी पार्लर , रंगशाला , फुटसलहरु भने खोल्न पाइने छैन ।