प्रमुख समाचार

रुसलाई अमेरिकाको चेतावनी : हानि पुर्‍याउने गतिविधिमा संलग्न भए कडा जवाफ दिन्छौं

अमेरिकाले रुसलाई कुनै पनि हानि हुने गतिविधिमा सामेल भए त्यसको दह्रो जवाफ दिने चेतावनी दिएको छ। अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि पहिलो विदेश यात्राका क्रममा बेलायत पुगेका जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षति पुर्‍याउने खालका गतिविधिमा सहभागी भए त्यसको कडा जवाफ दिने चेतावनी दिएका हुन्। यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्रसँग मनमुटाव बढाएपछि नवनिर्वाचित राष्ट्रपति बाइडेनले सबैसँग मित्रवत् सम्बन्ध राख्ने प्रतिबद्धता जनाएका थिए। बीबीसीका अनुसार बाइडेन जी–७ देशको शिखर सम्मेलनका लागि बुधबार बेलायत पुगेका छन्। त्यस क्रममा उनले नयाँ… पुरा पढौ

एनआरएनए अमेरिकाको नयाँ निर्वाचितहरुलाई बधाई ज्ञापनसँगै ट्राञ्जिशन प्रक्रिया सुरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले २०२१-२०२३ को निम्ति भएको निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने तथा जिम्मेवारी वहन गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ। एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता ओम भट्टराइका अनुसार कार्यसमितिको अध्यक्ष सुनील साहको अध्यक्षतामा बैठक बसी वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालको निम्ति नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुबेदी लगायत सबै पदाधिकारी तथा बोर्ड सदस्यहरुलाई स्वागत तथा वधाई ज्ञापन गरेको छ। यसका साथै अमेरिकी राजनीतिको चलन जस्तै अब एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित कार्यसमितिले जुलाई ३, २०२१… पुरा पढौ

नेपाली कांग्रेसको महाधिवेशन भाद्र महिना भित्र हुने

काठमाडौं, जेठ २६ गते । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीको महाधिवेशन हुँदैन भनेर कसैले अभिव्यक्ति नदिन आग्रह गर्नु भएको छ ।सभापती देउवाले आज प्रेस बक्तव्य जारी गर्दै महाधिवेशनको कुरालाई लिएर विभिन्न अभिव्यक्तिहरु नेताहरुबाट सुन्दै आएको भन्दै त्यस्तो अभिव्यक्ति किमार्थ उचित नहुने बताउनुभएको छ ।महाधिवेशन हुँदैन भनेर कसैले भ्रममा पार्न र कोही भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नु भएको छ ।कोरोनाको महामारी विचमा पनि पार्टीको चौधौं महाधिवेशन यही भाद्र महिना भित्र सम्पन्न हुने उहाँले बताउनु भएको छ । असार र… पुरा पढौ

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने इच्छा

रमेश केसी,काठमाडौं, हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे। हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर झरेको सम्झँदै उनले भने, ‘चैनपुरमा औँलामा गन्ने घरहरु थिए। चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौं, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला।’उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए। उनका… पुरा पढौ

रिपब्लिकन सिनेटर भन्छन्ः कोरोना भाइरस चीनबाट आयो, उत्कृष्ट खोप अमेरिकामा बन्यो

अमेरिकाका एक वरिष्ठ रिपब्लिकन सिनेटरले कोरोना भाइरस चीनबाट आएको बताउँदा कोरोना भाइरसविरुद्धको उत्कृष्ट खोप भने अमेरिकामा बनेको बताएका छन्। ‘कोरोना भाइरस समाप्त भएको छैन। अमेरिकामा अवस्था ठिक भएता पनि दक्षिण अमेरिका यसबाट प्रभावित छ। अफ्रिका र भारतमा पनि अवस्था नाजुक छ। तथ्यले सबै कुरा भन्छ’ लुजियानाका सिनेटर जोन केनेडीले भनेका छन्,‘म आफ्नो भनाइलाई राजनीतिक बयान बनाउन चाहँदिन तर कोरोना भाइरस चीनबाट आउँदा उत्कृष्ट खोप अमेरिकामा बन्यो।’ उनी हरेक हिसाबमा अमेरिकी नेतृत्व विश्वलाई अदाहरण हुने बताउँछन्।केनेडी भन्छन्,‘हामीसँग अरुको जीवन बचाउन मद्दत… पुरा पढौ

अमेरिकाको सिनेटले पारित गर्‍यो प्रविधि अनुसन्धानमा व्यापक खर्च योजना

वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको सिनेटले प्रविधि अनुसन्धान र उत्पादनलाई टेवा दिन व्यापक खर्च योजना पारित गरेको छ । अन्तरराष्ट्रिय विशेगषगरी चीनबाट प्रतिस्पर्धा बढिरहेकै समयमा सो प्रस्तावित उपायहरु ल्याइएको हो । चीनको तर्फबाट उत्पन्न भएको जोखिमलाई बढाइचढाइ गरेको भन्दै चिनियाँ अधिकारीले विधेयकको आलोचना गरेका थिए । विधेयकलाई कानूनमा परिणत गर्नुअघि प्रतिनिधि सभाले पनि यसलाई पारित गर्नु पर्नेछ । कंग्रेसको माथिल्लो सदनमा भएको मतदानमा १०० मध्ये ६८ सिनेटरले विधेयकको पक्षमा मत दिएका थिए भने ३२ जनाले विपक्षमा दिएका थिए । चीनको… पुरा पढौ

फाइजरले १२ वर्ष मुनिका बालबालिकामा खोप परीक्षण गर्दै

अमेरिकी खोप निर्माता कम्पनी फाइजरले १२ वर्षमुनिका बालबालिकामा कम डोजको खोप ठूलो संख्यामा परीक्षण गर्ने भएको छ । अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा धेरै स्थानमा ४ हजार ५ सय बालबालिकामा यो परीक्षण सञ्चालन हुने कम्पनीले जनाएको छ । फाइजर र उसको जर्मन साझेदार बायोनटेकले मिलेर तयार गरेको यस खोपले अमेरिका, क्यानडा र युरोपेली युनियनमा १२ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिसमा आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । सबैले ३० माइक्रोग्राम डोज प्रयोग गर्छन् । १२ वर्षमुनीका बालबालिकामा भने… पुरा पढौ

अमेरिकामा कोभिडविरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

एजेन्सी । अमेरिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकले एक खिल्ली गाँजा उपहार पाउने भएका छन् । अमेरिकाको वासिङ्टन राज्यले २१ वर्ष माथिका नागरिकले खोप लगाएमा तत्कालै एक खिल्ली गाँजा उपहार दिने घोषणा गरेको हो । ‘जोइन्ट्स फर ज्याब्स’ नाम दिइएको उक्त कार्यक्रम जुलाइ १२ सम्म लागु हुनेछ । युवाहरूमा खोप लगाउन प्रेरणा दिलाउन यो कार्यक्रमले सहयोग पुगे आशा त्यहाँको सरकारको छ । अमेरिकामा मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको बजेटबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ भने… पुरा पढौ

कास्कीका पत्रकारलाई कोरोना खोप उपलव्ध गराउन महासंघको माग

पोखरा,२६ जेठ । नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध गराउन माग गरेको छ ।शाखाका अध्यक्ष विमला भण्डारीले आज विज्ञप्ति जारी गरी फ्रन्टलाइनमा रहेर नागरिकलाई सुसूचित, जागरुक बनाउने कार्यमा खटिने पत्रकारको पेसागत बाध्यता हृदयंगम गरी आम नागरिक सहित कास्कीका पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन संघीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारसमक्ष माग गर्नुभएको हो ।जिल्लामा क्रियाशील रहेका पत्रकारहरु कोरोना विरुद्धको खोपको पर्खाइमा रहेको महासंघले जनाएको छ । स्वास्थ्य… पुरा पढौ

मुख्यमन्त्री गुरुङले भाेलि विश्वासकाे मत लिने

२६ जेठ पाेखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भाेलि जेठ २७ गते प्रदेश सभाबाट विश्वासको मत लिदैछन् । उनले याे प्रस्ताव हिजाे संसद सचिवालयमा दर्ता गराएका हुन् । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बैशाख २९ गते मुख्यमन्त्रीकाे सपथ लिएका गुरुङ दाेश्राे पटक मुख्यमन्त्री बनेकाे भाेलि ३० दिन पुग्दैछ । अहिलेसम्म मुख्यमन्त्रीले विश्वासकाे मत पाउने नपाउने टुङ्गाे छैन… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com