
अमेरिकाले रुसलाई कुनै पनि हानि हुने गतिविधिमा सामेल भए त्यसको दह्रो जवाफ दिने चेतावनी दिएको छ।
अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि पहिलो विदेश यात्राका क्रममा बेलायत पुगेका जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षति पुर्याउने खालका गतिविधिमा सहभागी भए त्यसको कडा जवाफ दिने चेतावनी दिएका हुन्।
यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्रसँग मनमुटाव बढाएपछि नवनिर्वाचित राष्ट्रपति बाइडेनले सबैसँग मित्रवत् सम्बन्ध राख्ने प्रतिबद्धता जनाएका थिए।
बीबीसीका अनुसार बाइडेन जी–७ देशको शिखर सम्मेलनका लागि बुधबार बेलायत पुगेका छन्। त्यस क्रममा उनले नयाँ ‘एलान्टिक चार्टर’का विषयमा छलफल गर्न बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्दै छन्।