जापानबाट शनिबार ८ लाख ४० हजार डोज खोप आउने

-


     नेपालय न्युज    
     श्रावण २० गते २०७८


जापानले अनुदान दिएको कोभिड–१९ विरुद्धको ८ लाख ४० हजार डोज खोप शनिबारसम्म नेपाल आइपुग्ने भएको छ। काठमाडौंस्थित जापानी दूतावासले बिहीबार र शुक्रबार दुई खेपमा कोभिड–१९ को खोप बोकेको जहाज काठमाडाैंका लागि उड्ने जनाएको छ।

दूतावासले जापानमै उत्पादन भएको अस्ट्राजेनेका खोपको पहिलो खेप शुक्रबार नेपाल आइपुग्ने जनाएको छ।


जापानमा उत्पादन गरिएको अस्ट्राजेनेकाको १६ लाख डोज मध्य करिब आधा शुक्रबार र शनिबार गरेर दुई खेप नेपाल ल्याइने छ। बाँकी आधा पछि आउने नेपालस्थित जापानी दूतावासले जनाएको छ।


‘बाँकी खोप सम्बन्धित संस्थाहरूसँग समन्वयमा ल्याइने छ’ जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जापानी राजदूत किकुता युताकाले जापानी कोभिड-१९ को जारी खोप अभियानलाई तीव्रता दिने प्रयोग हुने अपेक्षा लिनु भएको छ।’

कोभिड पछिको नेपाली समाज र अर्थतन्त्रलाई अघि बढाउन मिलेर काम गर्न इच्छुक रहेकाे जापानले जनाएकाे छ।

‘यो महामारीको समयमा नेपाली जनतालाई जीवन रक्षाका लागि नेपाल सरकारले सञ्चालन गरेको अभियानमा जापानी दूतावासको साथ रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘राजदूत किकुता कोभिड पछिको नेपाली समाज र अर्थतन्त्रलाई अघि बढाउन मिलेर काम गर्न इच्छुक रहनु भएको छ।’

यसैबीच जापानी समाचार एजेन्सी क्योदोले बिहीबार ५ लाख १० हजार डोज र शुक्रबार ३ लाख ३० हजार डोज खोप नेपाल पठाउन लागेको लेखेको छ। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com