इजरायललाई बाइडेनको चेतावनी : रफाहमा कारबाही सुरु गरे हतियार आपूर्ति बन्द गर्छौं

-


     नेपालय न्युज    
     वैशाख २७ गते २०८१


वाशिङ्टन डीसी । इजरायलले गाजाको रफाहमा कारबाही सुरु गरेमा अमेरिकाले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो चेतावनी दिएका हुन् ।

‘इजरायल रफाहमा अगाडि बढ्यो भने हामी रफाह जस्ता सहरहरूमा लड्न उपलब्ध गराइएका हतियारहरूको आपूर्ति बन्द गरिदिनेछौँ’ बाइडेनले भने । इजरायल पूर्ण रूपमा सुरक्षित रहन्छ भन्ने कुरा चाहिँ सुनिश्चित गरिने उनले बताए ।

अहिलेसम्म अमेरिकाले बारम्बार चेतावनी दिइरहेको भए पनि रफाहमा आक्रमण गर्ने कुरामा इजरायलले जोड दिइरहेको छ । रफाहमा हमासविरुद्ध ठुलो मात्रामा कारबाही नचलाइएसम्म युद्ध जित्न नसकिने इजरायलको भनाई छ ।

आक्रमण गर्ने चेतावनी दिँदै इजरायली सेनाले रफाहको पूर्वी क्षेत्रमा बसोबास गर्ने करिब एक लाख मानिसलाई खान युनिस र अल–मवासीमा जान आग्रह गरेको छ । इजरायलले रफाहमा बृहत् अपरेशन सुरु गरेमा ठुलो सङ्ख्यामा मानिसको ज्यान जान सक्ने चेतावनी मानवअधिकारवादी सङ्गठनहरूले दिइरहेका छन्  एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com