
काठमाडौं, जेठ २९ गते । नेपाली काँग्रेसको शनिबार दिउँसो बसेको पदाधिकारी बैठकले पूर्वनिर्धारित १४ औं महाधिवेशनको मिती पछि सार्ने निर्णय गरेको छ ।
काँग्रेसकी नेतृ पुष्पा भुषालले भदौं ७ देखि १० गतेसम्म १४ औं महाधिवेशनको मिती तय भएकोमा आजको पदाधिकारी बैठकले आगामी भदौं १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएको जानकारी दिनुुभयो ।
सचेतक भुषालले १४ औं महाधिवेशन लगायतका विषयमा आगामी असार ३ गते केन्द्रीय कार्य समितीको बैठक बस्ने जानकारी पनि दिनुभएको छ । आजको काँग्रेस पदाधिकारीको बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको थियो ।