न्यूजर्सी अमेरिकामा नयाँ वर्षको उपल्यक्षयमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम

-


     नेपालय न्युज    
     वैशाख ७ गते २०८१


न्यू जर्सी, अमेरिका  ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, न्यु जर्सी च्याप्टरको आयोजनामा नेपाली नया बर्ष २०८१ सालको अबसरमा सुभकामना आदान प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। आशा नेपालका सस्थापक अध्यक्ष तथा समाजसेवी डा तुलसी महर्जनको प्रमुख आतिथ्यतामा संपन्न भएको कार्यक्रमको अध्यक्षता गैर आवासीय नेपाली संघ, न्यू जर्सी चाप्टरका अध्यक्ष भक्त बहादुर गुरुङले गर्नु भएको थियो भने उपाध्यक्ष्य प्रेम बहादुर खड्काले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अंतराष्ट्रीय समन्वय परिषदका निबर्तमान बोर्ड सदस्य संजीब श्रेष्ठ, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् का पूर्ब प्रमुख निर्बाचन आयुक्त बिश्व बराल , राष्ट्रिय समन्वय परिषद्का निबर्तमान क्षेत्रीय संयोजक सम्मर बहादुर बुढाथोकी ,राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार तथा मासाचुसेट्स च्याप्टरका पूर्ब अध्यक्ष सत्येन्द्र शाह, न्यु जर्सी च्याप्टरका निबर्तमान अध्यक्ष सुर्य मोहन तिवारी, फ्रेंड्स अफ नेपालका अध्यक्ष मेनुका उदास, ग्रेटर जर्सी नेपाली समाजका अध्यक्ष महेश मल्ल, ग्रेटर नेपाली डायस्पोराका सयोजक डा. मनीष कर्ण , न्यू जर्सी नेपाली समाजका अध्यक्ष कल्याण श्रेष्ठ , गुरुंग तमु सोसाइटीका उपाध्यक्ष्य एलिशा गुरुंग, फेयरलेन आर्क फॉर नेपालका अध्यक्ष राजेंद्र श्रेष्ठ, लगायतले नेपाली नया बर्षको अबसरमा सुभकामना ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२४ को प्रचार प्रसार सहित स्थानीय कलाकारहरु द्वारा नेपाली कला र सस्कृति झल्कने भिभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति साथै डी जे नाइट समेत गरिएको थियो । कार्यक्रममा न्यू जर्सी राज्य तथा यस वरपर रहेका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको उद्धघाटन सत्र न्यु जर्सी च्याप्टरका सचिब सुरेश कुमार श्रेष्ठ ले गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रम ऊषा गुरुंगले सञ्चालन गर्नु भएको थियो।

WP2Social Auto Publish Powered By : XYZScripts.com