चापापानी सिद्धार्थ सहकारीका सदस्यहरुलाई प्रशिक्षण

-


     नेपालय न्युज    
     फागुन २० गते २०८०


पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै अहिले बजारमा जुन नाफाको पछि सहकारीहरूहिडेका छन त्यस्ता सहकारीहरू र जुन सहकारी प्राईभेट किसिमले चलेका छन त्यस्ता सहकारीहरू जोखीममा रहेको बताए ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेश बहादुर कार्कोले चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका राम्रा भनेर चिनिने सहकारीहरु मध्यमा नि उत्कृष्ट  सहकारी भएकोले सहकारीका सदस्यहरूले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए । सहकारीका अध्यक्ष दिपक कार्कीले आगामि दिनमा खराब ऋणलाई कानुनी उपचार गरी उठाउन लागीएको बताउदै सहकारीको मुल्य,मान्यता अनुसार चापापानी सहकारी चलेको बताए ।

चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक कार्कोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्याम प्रसाद साँखीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहकारीकी व्यवस्थापक करुणा शाहीले सहकारीको हालसम्मको बितिय अवस्थाको बारेमा जानकारी गराएकी थिईन् । कार्यक्रममा सहकारीका शिक्षा संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्वान्त बाचन गरेकाथिए भने सहकारीका सचिव ईन्दिरा भण्डारी कोईरालाले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com