भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाको अधिवेशन सम्पन्न

-


     नेपालय न्युज    
     पौष १६ गते २०८०


पोखरा । भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले यान बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसर्मत चयन गरेको छ ।
समितको उपाध्यक्षमा प्रेम बहादुर खत्री, महासचिबमा विष्णु मायाँ खत्री सचिवमा मेजन बहादुर खत्री कोषाध्यक्षमा गणेश बहादुर खत्री त्यसैगरी सदस्यहरुमा नारन बहादुर खत्री,श्याम बहादुर खत्री,सरस्वती खत्री,कमल खत्री,महेन्द्र बहादुर खत्री र नवराज केसी रहेका छन् ।
कार्यक्रमको उद्दघाटन गद्र्रे भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाका अध्यक्ष केशव बहादुर खत्रीले हालसम्म कुल मन्दिरको गुरुयोजना अनुरुप काम गरीरहेको बताउदै खत्रीले कुल स्थान र निशान मन्दीर निर्माण तथा विषेशकोष निर्माणमा सयोग गर्ने भारद्वाज गोत्रीय सुवेदी खत्रीका सम्पुर्ण सदस्यहरुमा आभार व्यक्त्त गरे । कार्यक्रममा अधिवक्त्ता मन बहादुर खत्रीले कुलको हितको लागी सवै भारद्वाज गोत्रीय सुवेदी खत्रीका खलकहरु एक भएर काम गर्नुेपर्ने बताए । कार्यक्रममा समाजका जेष्ठ सदस्यहरु, समाजको विशेष कोषमा सयोग गर्ने सयोगदाताहरु समाजको कुलस्थान र निशान मन्दीर निर्माणको लागी सयोग गर्ने जग्गादाताहरु कुल संरक्षक कुल धामीहरुलाई सम्मान गरीएको थियो । कार्यक्रममा महासचिब विष्णु मायाँ खत्रीको महासचिबको प्रतिवेदा तथा कोषाध्यक्ष यान बहादुर खत्रीको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित गरीएको थियो ।
समितिका अध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा भएकोे कार्यक्रममा उपाध्यक्ष प्रेम बहादुर खत्रीले स्वागत मन्तव्य मनिषा खत्रीले कार्यक्रम सन्चालन गरेकी थिइन ।

WP2Social Auto Publish Powered By : XYZScripts.com