विश्वकप खेल्न पाउनु भाग्यमानी ठान्छु : कप्तान रोहित

-


     नेपालय न्युज    
     कार्तिक १७ गते २०८०


काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै जारी आइसिसी विश्वकप छनोट (एसिया क्वालिफायर) को फाइलनमा यात्रा तय गरेसँगै नेपाल सन् २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा स्थान बनाउन भयो । त्यो सफलतापछि कप्तान रोहितले सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै सन् २०१४ कै विश्वकप हेरेर नै हुर्किएको उल्लेख गर्दै यस पटक आपैmँ विश्वकप खेल्न पाउनु भाग्यमानी महशुस भएको बताउनु भयो ।

टस हारेपछि डर लागे पनि बलिङमा सबैले राम्रो योगदान दिएको उल्लेख गर्नुभयो । युएईको महत्वपूर्ण ब्याटर मोहम्मद वासिमलाई छिट्टै आउट गर्ने योजना रहेको र सोहीअनुरूप सोमपालले उनलाई पवेलियन फर्काउन सक्नु ठूलो सफलता रहेको धारणा राख्नुभयो । त्यसपछि सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिएपछि युएईलाई कम योगफलमा रोक्नु पनि अर्को महत्त्वपूर्ण पक्ष रहेको बताउनु भयो ।

ब्याटिङमा पनि कुशल भुर्तेलले राम्रो सुरुवात दिलाउनु र आसिफ शेखले लामो इनिङसम्म उत्कृष्ट रहेको कप्तान रोहित बताउनु भयो । दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेका नेपालका एक मात्र खेलाडी सोमपालले पछिल्लो संस्करणभन्दा यस पटक धेरै उत्साहित रहेको धारणा राख्नुभयो । जसरी पनि ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने आफूहरूको लक्ष्य पूरा भएको पनि उहाँले बताउनु भयो ।

ओपनर आसिफ शेखले विश्वकप खेल्न लक्ष्य पूरा भएको बताउनु भयो । उहाँले ठूलो खेलमा केही गर्छु भन्ने रहेको र त्यसैले अन्तिमसम्म इनिङ खेल्छु भन्ने योजना अनुरूप सफल भएको बताउनु भयो । साथै नेपालका बलरले युएईलाई थोरै योगफलमा रोक्नु पनि जितको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो । प्रशिक्षक मोन्टी देसाईले टिमलाई एक बनाएर अगाडि बढाएको उल्लेख गर्दै आसिफले यो सफलताको श्रेय प्रशिक्षकलाई दिनुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com