मिस्टर पोखराको उपाधि कास्कीका केसीलाई

-


     नेपालय न्युज    
     चैत्र ११ गते २०७९


पोखरा ११, चैत ।

 दोश्रो संस्करणको मिस्टर पोखराको उपाधि कास्कीका निश्चल केसीले जितेका छन्। पोखरा सभागृह हलमा शुक्रबार बेलुका अबेर सम्पन्न भएको एनएफबीएफ सिटि जिम दोश्रो मिस्टर पोखरा शारीरिक सुगठनको उपाधि जितेका केसीले अन्य ५ जना प्रतियोगिहरुलाई फाइनल राउण्डमा पछि पार्दै ट्रफी सहित नगद एक लाख ५० हजार पुरस्कार प्राप्त गरे ।

उनी पोखरा विन्ध्यवासिनी स्थित मोन्स्टर जिमका खेलाडी हुन्। केसीले ७५ केजी तौल समुहमा समेत उपाधि हात पारे । ७५ केजी तौल समुहमा सुरज विके दोश्रो र कृष्ण भण्डारी तेश्रो भए । त्यसै गरी ७० केजी तौल समुह तर्फ कास्कीका यमन्तराज गुरुङले उपाधि जिते । त्यसै गरी संजिव पुन दोश्रो हुदा उक्त विधामा गौतम राना तेश्रो भए  । ७५ केजी भन्दा माथिको तौल समुहमा भएको प्रतिष्प्रर्धामा तनहुँका सन्तोष श्रेष्ठले उपाधि जिते । त्यसै गरी कुसल प्रसाद गुरुङ दोश्रो हुदा दिनेस थापा भने तेश्रो भए ।

६५ केजी तौल समुहमा नवलपरासीका नवराज डुम्रे प्रथम, कपिल घलान दोश्रो र भानुभक्त कठारीया तेश्रो भए । ६० केजी तौल समुहमा रुपन्देहीका सुनिल आले प्रथम, जल बहादुर चौधरी दोश्रो र सामुयल गुरुङ तेश्रो भए । त्यस्तै ५५ केजी तौल समुहमा सुर्खेतका अमित रोका क्षेत्री प्रथम, रोहित श्रेष्ठ दोश्रो र आकाश गुरुङ तेश्रो भए  ।

मेन फिजिक्स १७० सिएम उचाई भन्दा मुनिका खेलाडीहरु सहभागि प्रतिष्प्रर्धामा कास्कीका शुनिलशेन ठकुरीले उपाधि जितेका छन्। त्यसै गरी उक्त विधामा सुरेस गुरुङ दोश्रो र अनिल गुरुङ तेश्रो भए । मेन फिजिक्स १७० सिएम उचाई भन्दा माथिका खेलाडीहरु सहभागि प्रतिष्प्रर्धामा पर्वतका सिजन गुरुङ प्रथम, सविन गुरुङ दोश्रो र भिवन गौतम तेश्रो भए ।

त्ससै गरी महिला तर्फको वेलनेस फिजिक्स बिधामा स्याङजाकी विनु जिटी पहिलो र रविना कुंवर दोश्रो भईन । कास्की बडिबिल्डिङ एण्ड फिटनेश एशोशिएसनको आयोजनामा उक्त प्रतियोगिता भएको एशोशियसनका सदस्य नुना गुरुङले बताए । प्रतियोगितामा गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदुरपश्चिमाञ्चल गरी ४ प्रदेशका खेलाडी सहभागि भएको एशोशियसनका निवर्तमान अध्यक्ष राजु थापाले बताए । प्रतियेगितामा २ जना महिला सहित करिब ६० जना खेलाडीहरु सहभागि भएकोे उनले जनाए । विभिन्न ६ वटा तौल उमेरमा विजेता भएकाहरुलाई जनही २०÷२० हजार उपविजेतालाई १२÷१२ हजार र तेश्रो हुनेलाई ७÷७ हजार साथमा शिल्ड मेडल प्रमाणपत्र वितरण गरिएकोे भएको एशोशियसन कास्कीका अध्यक्ष राकेश जोशीले बताए ।

मेन र वुमन्स फिजिक्स तर्फको बिधाका बिजेताले भने जनही २५÷२५ हजार पुरस्कार प्राप्त गरे भने दोश्रो हुनेले १२ हजार र तेश्रो हुनेले ७÷७ हजार प्राप्त गरेका छन । विजयी खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका कार्यालय प्रमुख टोपलाल भुषाल, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, मुख्य निर्णायक राजेन्द्र तुलाधर, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । संघले स्वास्थको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरेका थिए । पोखराको खेल पर्यटन प्रबद्र्धनमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने उनको भनाई थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com