
एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ को शुभमुहुर्त लन्डनमा गरि छायांकन शुरु भएको छ।
निर्माता अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापा, अन्कित गौतम, निर्देशक घनश्याम लामिछाने लगायत कलाकार एबम प्राबिधिक हरुले गणेशको फोटोमा पुजा गरेका थिए। पुजा लगत्तै नायक निश्चल खड्काको घरको दृश्यलाई क्यामरा मा कैद गर्दै पहिलो दिनको छायांकन शुरु भएको छ।यस फिल्ममा उनले साम्राज्ञी राज्यलक्ष्मी शाह का साथमा गरिमा शर्मा सङ अन स्कृन रोमान्स गर्ने भएका छन। “लन्डन टु पेरिस” रोम कम ड्रामा को यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुदैछ।
घनश्याम लामिछाने को निर्देशनमा छायांकन भैरहेको सिनेमामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कबिर खड्का, लोक बिक्रम मल्लका साथै लन्डन कै नेपाली कलाकार हरुले अभिनय गर्दैछन् ।सिनेमा हर्कुलस बस्नेत, यस डि योगि, बियोन्ड बि, सलिन बानियाँले संगीत दिएका छन भने लङिनस फर्नडेसले कोरियोग्राफी ले गर्दैछन। मुुख्य सहायक निर्देशनमा फिरोज गौतम छन भने सुनिल गौतमको हेयर एन्ड मेक अप, आबेद पारव को छायांकनमा डबल क्यामराको प्रयोग गरेर सिनेमा निर्माण भैरहेको कुरा निर्माता अजित कुमार थापाले जानकारी दिनुभयो ।
२०७५ सालमा रास्ट्रीय अवार्ड प्राप्त निर्देशक घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।
अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ ।