
सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलका कर्मचारीहरुले कम्पनीले हालै सार्वजनिक गरेको कार्यालयमै आएर काम गर्नुपर्ने योजनाको विरुद्ध अभियान शुरु गरेका छन् ।
गत हप्ता कम्पनीका प्रमुखकार्यकारी अधिकृत टिम कूकले सेप्टेम्बरदेखि कामका लागि हप्तामा कम्तिमा पनि तीन दिन कार्यालयमै फिर्ता बोलाउने मेमो कर्मचारीका नाममा प्रेषित गरेका थिए ।
आफूले प्राप्त गरेको आन्तरिक पत्रमा कर्मचारीहरुले सो योजनाका विरुद्धमा अभियान शुरु गरेका हुन् । उनीहरुले थप लचिलो कार्य पद्धतिको माग गरेको भन्दै समाचार साइट भर्जले समाचार छापेको छ । कम्पनीको नीतिकाकारण आफ्ना केही सहकर्मीहरु काम छाड्न बाध्य भएको पत्रमा भनिएको छ ।
काममा लचकता नभए आफूहरु आफ्नो परिवार, अनि समृद्धिको साथमा राम्रोसँग काम गर्ने कि कम्पनीको हिस्सा बन्ने मध्ये कुनै एक रोज्न बाध्य भएको पनि पत्रमा उल्लेख गरिएको छ ।
विगत वर्षमा कम्पनीले आफूले बोलेको नसुनेको अनि कुनै क्षण सक्रिय रुपमा आफूहरुलाई वेवास्ता गरेको पनि महसुस भएको पत्रमा बताइएको छ । कम्पनीको व्यवस्थापनले रिमोट वर्क वा लचकताको विषयमा कर्मचारीहरुसँग पृथक भएको आरोप पनि लगाइएको छ ।
गत हप्ता यस पत्रमा कर्मचारीहरुको हस्ताक्षर संकलन गर्नका लागि पठाइएको थियो । यो याचिका नभएको तर त्यस्तै देखिन सक्ने पनि पत्रमा उल्लेख छ । एजेन्सी