अमेरिकी राष्ट्रपति पदका लागि माइक पेन्सको उम्मेदवारी


     नेपालय न्युज,     
     जेठ २६ गते २०८०


एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लीकन पार्टीबाट माइक पेन्सले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्राइमेरीका लागि मनोनयन दौड सुरु भएसँगै रिपब्लीकन पार्टीका शक्तिशाली नेताहरुले एकपछि अर्को दावेदारी पेस गर्न थालेका हुन् ।

डोनल्ड ट्रम्पको कार्यकालका उपराष्ट्रपति पेन्सले पनि रिपब्लिकनबाट उम्मेदवार बन्नका लागि पार्टीमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

ट्रम्पका कट्टर समर्थका रुपमा रहेका पेन्सको उम्मेदवारी अरु उम्मेदवार भन्दा थप चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ ।

यसैगरि, न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टीले पनि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सिनेटर रोन डिस्यान्टी, टिम स्कट, निक्की हेली, विवेक रामास्वामी, ल्यारी एल्डर लगायतले यस अघि नै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सन् २०२४ को नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीबाट राष्ट्रपति जो बाइडेन नै उम्मेदवार बन्ने प्रबल संभावना रहेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com