न्युयोर्क स्थिीत ज्याक्सनहाइटको ब्रोडवे  उडसाइडसम्म ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राखिने । 

-


     नेपालय न्युज    
     वैशाख ५ गते २०८०


मे २९ मा न्युयोर्कको ज्याक्सनहाइटको ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राखिने भएको छ ।

नेपालीहरुको बाक्लो बसोबास रहेको यस क्षेत्रको स्ट्रीटको नाम प्रख्यात नेपाली पर्वतारोही तेन्जिङ नोर्गेको नाममा राखिने भएको हो ।

न्युयोर्कमा  बसोबास गर्दे आएका शेर्पा किदुग का पुर्ब अध्यक्ष समाजसेबी  उर्गेन शेर्पाको नेतृत्वमा उनी शेर्पा किदुग रहेको बेलामा सन् २०१७ को मे महिनामा ७५ स्ट्रीटको नाम नेपाल झल्किनेगरी राख्ने प्रस्ताव २५ औं डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम समक्ष लगिएको थियो ।

सगरमाथाको शिखरमा सन् १९५३ मा पहिलोपटक पुगेको ७० औं बर्षगाँठका अवसरमा विशेष समारोहका बीच स्ट्रीटको नामकरण गरिने भएको छ ।

झन्डै ६ वर्षको प्रयासपछि न्युयोर्कको नेपाली समुदायको विशेष सम्मानमा ७५ स्ट्रीटको नाम तेन्जिंग नोर्गे शेर्पा वे बन्ने भएकोमा  सम्पुर्ण नेपालीहरु खुशी रहेका छन् । नोर्गे  सगै न्यूजील्याण्डका एडमन्ड हिलारी सगरमाथाको शिखरमा सन् १९५३ मा पहिलोपटक आरोहण गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com