हिंसा भड्काउने विचार स्वीकार्य छैन: नेपालस्थित अमेरिकी दूतावास

-


     नेपालय न्युज    
     फागुन ६ गते २०७८


काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासले हिंसा र हिंसा भड्काउने विचार स्वीकार्य नभएको बताएको छ। शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले यस्तो धारणा सार्वजनिक गरेको हो।

अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित भएर खुला बहसको बलियो समर्थक भएको भन्दै दूतावासले एमसीसीको विषयमा धारणा राख्न छुट भए पनि हिंसा स्वीकार्य नभएको बताएको हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु भए पनि हिंसा भड्काउने किसिमका विचार स्वीकार्य नभएको प्रष्ट पारिएको छ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो’, दूतावासको फेसबुक पेजमा लेखिएको छ, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’

WP2Social Auto Publish Powered By : XYZScripts.com