बेइजिङ हिउँदे ओलम्पिकमा चीनले आफ्नो संस्कृति चोरेको दक्षिण कोरियाको आरोप

-


     नेपालय न्युज    
     माघ २३ गते २०७८


बेइजिङ । दक्षिण कोरियाली नेता र कार्यकर्ताहरुले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन् । बेइजिङ हिउँदे ओलम्पिकको उद्दघाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो ।
उद्दघाटन समारोहको प्रस्तुतिमा एक चिनियाँ महिलाले लगाएको सेतो र प्याजी रंगको पोसाक (ह्यानबक) आफ्नो देशको परम्परागत संस्कृति भएको कोरियालीले दाबी गरेका छन् । पोसक नक्कलप्रति दक्षिण कोरियाली नेताहरुले निन्दा गरेका छन् ।

दक्षिण कोरियाले चीनमाथि आफ्नो संस्कृति चोरेको आरोप लगाएको यो पहिलो घटना हो । यसअघि कोरियाले आफ्नो परम्परागत खानेकुरा किम्ची चोरेको चीनले आरोप लगाएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com