आर्वा विजय मा.विको ३८ वार्षिकउत्सव एव अभिभावक दिवस सम्पन्न

-


     नेपालय न्युज    
     पौष १८ गते २०७८


पोखरा ।
पोखरा महानगरपालिका १३ ढाँडबेसीमा रहेको आर्वा विजय मा.विको ३८ वार्षिकउत्सव एव अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर बरालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एंव नेकपा समाजवादीका नेता श्रीनाथ बरालले भौतिक संरचनाले भरिपुर्ण यस विद्यालय निकट भविस्यमा विद्यार्थीहरु भरिभराउ भएको देख्न पाइने बताउदै आजको युगमा प्राविधिक शिक्षामा बढी जोड दिनुपर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले प्र अ को प्रतिबेदन प्रस्तुत गर्दै विद्यालयक विविध भौतिक एवं शैक्षिक गतिविधि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सन्चालन शिक्षक मन्जुकुमारी रिजालले गर्नुभएको थियोे भने स्वागत मन्तव्य सहायक प्र अ पदमादेबी बराल र विद्यार्थी रोशन कुमार ठाकुरले गर्नु भएको थियोे । सो कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहारुलाइ पुरस्कार वितरण गर्नुका साथै सुर्यनाथ स्मृति अक्षयकोष लगएत विभिन्न अक्षयकोषको छात्रवृत्तिहारु वितरण गरिएको थियोे । पुर्ब सहायक प्र अ बाल कृष्ण बि कले रु १११११ (एघार हजार एक सय एघार )को अक्षयकोष स्थापना गर्नु भएको थियो भने सो अवसरमा विद्यार्थीहरुबाट कविता बाचन सगै विभिद सांस्कृतिक कार्यक्रमहारु प्रस्तुत गरेका थिए भने पोखरा महानगरपालिका शिक्षामहाशाखाका अधिकृत बद्री नाथ सुवेदी विद्यालयका पुर्ब सहायक प्र अ बालकृष्ण बि क,रतनपाण्डे मा विका प्र अ डिल्लीराम बाराल बि ब्य स अध्यक्ष बसन्तराज बराल, सुर्यनाथ स्मृति अक्षयकोष का सस्थापक धर्मराज बराल,जग्गादाताको तर्फबाट इन्द्र बराल , सामाजिक परिक्षा समिति सदस्य बिष्णु प्रसाद अधिकारी लगाएतले शुभकामना दिनु भएको थियो भने छिमेकी विद्यालय का प्र अहरु,वडा सदस्यहरू ,आमा समूह ,टोल बिकास सस्था,शिक्षा प्रेमी बुद्धिजीवी ,जग्गादाता,अक्षयकोष दाता,अभिभावक लगाएत्को उपस्थिति रहेको कार्यक्रममा आर्थिक प्रतिबेदन चन्द्र उदय बरालले प्रस्तुत गर्नुभएको थियो । सोही अभिभावक भेलाबाट स्थानीय शिक्षा नियमावली २०७४ संशोधन सहित२०७५ को परिच्छेद ५नियम २९ क बमोजिम बार्षिकोत्सव समारोह सामापन सगै नयाँ वि ब्य स मा सदस्यहरु सर्वसम्मत चयन गरिएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com