एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

-


     नेपालय न्युज    
     श्रावण १६ गते २०७८


कृष्ण के सी, अमेरिका,

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाबाट १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनका लागि भागलिने जम्मा प्रतिनिधिको २५% प्रतिनिधिमा राज्य च्याप्टर नेतृत्वलाइ सहभागी गराउने सहमति भएको छ।

गत पटक प्रतिनिधि चयनमा रोकिएको बिषय नयाँ सहमति अनुसार अगाडि बढेको कुरा गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीले जानकरी दिनु भएको छ।

जुलाई २९, २०२१ मा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अनुरोधमा आयोजित जुम मिटिङ्गबाट प्रतिनिधि चयनमा एउटा नयाँ सहमति भएको छ। बैठक अमेरिकाज क्षेत्रका आरसी राजन त्रिपाठीको बिशेष पहल र संयोजनमा रोकिएको प्रतिनिधि चयनको बिषयमा नयाँ सहमति भएको कुरा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीले पुष्टि गर्नुभएको छ।

विवादित भएको २५ प्रतिशत प्रतिनिधिहरूको चयनको विषय अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको बिशेष पहल र संयोजनमा सो सहमतिमा पुगेको हो। बिहीबार दिउसो आरसी त्रिपाठीले प्रतिनिधि चयनको विषयमा देखिएको अन्योलता हटाउन आइसीसी उपाध्यक्षहरुद्वय सोनाम लामा र रविना थापा, सचिव गौरिराज जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की र एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष वुद्धि सागर सुवेदीलाई बैठकमा सहभागी गराएर सहमति जुटाको कुरा आरसी त्रिपाठीले बताउनुभयो।

यो पटकको अन्तराष्ट्रिय महाधिवेशनको लागि अमेरिकाबाट पंजीकृत सदस्यका आधारमा पर्ने कुल प्रतिनिधि संख्याको २५% अर्थात ४७ जना प्रतिनिधिमा हुन आउँछन। त्यसमा अमेरिकाका ५० राज्यमध्ये वैधानिक रुपमा एनआरएनए एनसीसी अमेरिकाले आफ्ना २९ राज्य च्याप्टरका अध्यक्ष अथवा च्याप्टरले सिफारिस गरेका प्रतिनिधिलाई समेटेर प्रतिनिधि चयन गरिने सहमति भएको छ।

बाकी १८ जना प्रतिनिधिको भने प्रक्रियागत रुपमा निर्वाचन या सहमतिमा गर्ने भन्ने समेत सहमति बैठकबाट भएको छ। एनसीसी अमेरिकाको विधानको धारा १५७ को उपधारा सी बमोजिम नै प्रतिनिधि चयन गर्नु उपयुक्त हुने निष्कर्ष बैठकका सबैजना पुगेको कुरा समेत आरसी त्रिपाठीले जानकरी दिनुभयो।

सोहि बैठकमा आरसी त्रिपाठीले एनआरएनए एनसीसी अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीलाई प्रतिनिधिको निर्वाचन र चयनको स्थगित प्रक्रिया छिटै अगाडि बढाउन आग्रह समेत गर्नुभएको कुरा अध्यक्ष सुबेदीले जानकारी दिनुभयो।

WP2Social Auto Publish Powered By : XYZScripts.com