
असार १७, न्यूयोर्क (अमेरिका) । चीनको सबैभन्दा ठूलो अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी तितिले अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्जमा बुधवार डेब्यू गरेको छ ।
तिति ग्लोबलको प्राथमिक शेयर निष्कासन (आईपीओ) दक्षिण कोरियाली ई–कमर्श कम्पनी कुपाङपछिको दोस्रो ठूलो भएको एनवाईएसईले बताएको छ ।
बुधवार कारोबार बन्द हुँदा तितिको शेयर मूल्य प्रतिकित्ता १४ डलर १४ सेन्ट कायम भएको थियो । यो आईपीओभन्दा १ प्रतिशत धेरै हो । योसँगै कम्पनीको मूल्यांकन ६८ अर्ब डलर पुगेको थियो ।
कोरोना भाइरसको महामारीको प्रभावबाट चिनियाँ अर्थतन्त्र उब्रिएसँगै चीनमा अनलाइन ट्याक्सी सेवा प्रदायकहरुको लोकप्रियता बढ्ने आशा कयौं लगानीकर्ताहरुले गरेको विश्लेषकहरुले बताएका छन् । तितिको स्थापना सन् २०१२ मा पेचिङमा भएको थियो । एजेन्सी