Uncategorized

‘एक दशकभित्र अमेरिकामा गृहयुद्धको सम्भावना’

४० प्रतिशतभन्दा बढी अमेरिकीहरुले आगामी दश वर्षभित्र देशमा गृहयुद्ध हुनसक्ने भनेर सोच्ने गरेको एक नयाँ सर्वेक्षणले देखाएको छ । आफूलाई ‘कट्टर रिपब्लिकन’ मान्नेहरू माझ यो दर ५० प्रतिशतभन्दा बढी रहेको पाइएको हो । चर्चित सर्वेक्षण फर्म ‘यु–गभ’ र ‘द इकोनोमिक्ट’ म्यागजिनले संयुक्त रुपमा गरेको यस सर्वेक्षणको परिणाम पछिल्लो समय यही विषयमा भएका अन्य सर्वेक्षणको परिणाम अनुरुप नै देखिन्छ । अमेरिकामा गहिरिँदै गएको राजनीतिक ध्रुवीकरणले हिंसा बढाउनसक्ने तर्फ विश्लेषकहरुले पहिलेदेखि सतर्क गराउँदै आएकोमा मानिसहरुमा पनि त्यो डर रहेको मत सर्वेक्षणले देखाउँछन्… पुरा पढौ

पोखरा २८ एउटा चिल्ला बाटोले विकास देखाउँदैन् : कोपिला रानाभाट

पोखरा, २२ वैशाख ।उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताईन् । पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् । कालिकाको एउटा मात्र चिल्ला बाटो हेरेर होईन पाखा, पखेरा र टोल टोलको विकासको मूल्यांकन गर्दै वैशाख ३० मा भोट गर्न आग्रह गरिन् । महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री महानगरपालिका बनाउने आफ्नो योजना रहेको पनि उनले सुनाइन् ।पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका… पुरा पढौ

एमसीसीमा एक भएको कांग्रेस गठबन्धनमा दुई धार ! केन्द्रीय समितिले नै गर्‍यो तालमेलको निर्णय

काठमाडौं । आगामी स्थानीय निर्वाचनमा स्थानीय समितिले आवश्यकता ठानेमा गठबन्धन गर्न सकिने निर्णय गर्दै कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ । बैठकमा कांग्रेस प्रदेश सभापतिसहित एकपक्षले कुनै पनि हालतमा गठबन्धन गर्न नहुने धारणा राखेका थिए भने संस्थापन पक्षले गठबन्धन नगरे चुनाव नजितिने भन्दै पक्षमा धारणा राखेका थिए । सभापति शेरबहादुर देउवानिकट सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर उपस्थित भएनन् । तर संस्थापन पक्ष गठबन्धनको पक्षमा निर्णयका लागि सम्पूर्ण शक्ति लगाइरहँदा बलायर समाजिक सञ्जालबाट भन्दै थिए, ‘सुदूरपश्चिममा गठबन्धन हुँदैन ।’ “संसद्मा कांग्रेसको… पुरा पढौ

अमेरिकी सदनले प्रविधिका बादशाहहरु गूगल, फेसबुक, ऐप्पल र अमेजनमाथि लगाम लगाउँदै

एजेन्सी, जेठ ३० । अमेरिकाले प्रविधिका क्षेत्रमा बादशाह कहलिएका केही ठूला कम्पनीमाथि लगाम कस्ने भएको छ । यसका लागि अमेरिकी सदनमा त्यहाँका दुई ठूला दल डेमोक्र्याट र रिपब्लिकनका सांसदबीच मतैक्य भएको खबर सार्वजनिक गरिएको छ । संसारलाई आफ्नो इशारामा नचाइरहेका प्रविधिका बादशाहहरु गूगल, फेसबुक, ऐप्पल र अमेजनमाथि अमेरिकी सरकारले लगाम लगाउन लागेको हो । यसका लागि अमेरिकी सदनमा पाँच वटा विधेयक पेश गरिएको छ । सदनले स्वीकृती दिनासाथ ती ठूला प्रविधि कम्पनीको मनोमानीमा नियन्त्रण गरिनेछ । अमेजन, गूगल, ऐप्पल र… पुरा पढौ

नेपालको पुरानै नक्सा छापिएका स्कुले पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ, जेठ २६ गते । नेपालको पुरानै नक्सा छापिएका स्कुले पाठ्यपुस्तक जफत गरिने भएको छ । केही प्रकाशकले आगामी असार १ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तकमा पुरानै नक्सा छापेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा वुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ८८ औँ बैठकमा उहाँले त्यस्ता पुस्तक तत्काल जफत गर्न निर्देशन दिनुभयो ।केही प्रकाशकहरुले गत वर्ष बिक्री नभएका पाठ्यपुस्तकमा आवरण नयाँ राखेर पुरानै पाठ्यपुस्तक पुनः प्रयोगमा पनि ल्याएका छन् । यस्तो सामाजिक शिक्षा… पुरा पढौ

एप्पलको बजार पूँजीकरण ३० खर्ब डलर पुग्ने अपेक्षा

सन फ्रान्सिस्को (अमेरिका) । आइफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण सन् २०२२ मा ३० खर्ब डलर पुग्ने अपेक्षा गरिएको छ ।  वेडबुशका डेटा विश्लेषक ड्यान इभ्सले यस्तो बताएका हुन् । यस वर्षको अहिलेसम्मको अवधिमा कम्पनीको शेयर मूल्य करीब ५ प्रतिशतले घटेको छ । अहिले विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको बजार पूँजीकरण २१ खर्ब डलर आसपास रहेको छ । सन् २०१८ मा पहिलो पटक एप्पलको पूँजीकरण्ण १० खर्ब डलर नाघेको थियो । सन् २०२० मा पूँजीकरणले २० खर्ब डलरको स्तर पार… पुरा पढौ

अलिबाबाले विस्तार गर्‍यो क्लाउड प्रडक्ट

साङहाई (चीन) । चिनियाँ इन्टरनेट कम्पनी अलिबाबाले केही नयाँ क्लाउड कम्प्युटिङ प्रडक्ट सार्वजनिक गरेको छ ।  कम्पनीले एशियाभर आफ्नो उपस्थिति बढाउन मंगलवार ती प्रडक्टहरु सार्वजनिक गरेको हो । कम्पनीले पछिल्लो समय चीनबाहिर आफ्नो उपस्थिति आक्रामक रुपमा बढाइरहेको छ । दीर्घकालीन अवधिमा क्लाउड कम्प्युटिङलाई कम्पनीको मुनाफा बढाउने मुख्य साधनको रुपमा हेरिएको छ ।  मंगलवार नै कम्पनीले यस वर्षको अन्त्यसम्ममा फिलिपिन्समा नयाँ डेटा सेन्टर खोल्ने घोषणा गरेको थियो । कम्पनीले इन्डोनेशियामा तेस्रो डेटा सेन्टर लञ्च गरेको छ ।  डेटा सेन्टरको विस्तारले क्लाउड… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com