पोखरा

पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल
पोखरा ।  पर्यटन राजधानी पोखराको लेकसाइडमा रु एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो...
पोखरामा गुरुङ समुदायले मनाए ट्होटेँ पर्व
पोखरा ।  पोखरामा मंगलबार गुरुङ समुदायले ट्होटेँ पर्व मनाएका छन् । चैतको अन्तिम मंगलबार गुरुङहरूले सांस्कृतिक, एकताको मौलिक पर्वका रुपमा ट्होटेँं मनाएका हुन् । प्रत्येक साउन र चैतको अन्तिम मंगलबार सडकमा र्याली निकालेर उनीहरुले ट्होटेँ मनाउँदै आएका छन् । मंगलबार पनि तमुधिँ नेपालको अगुवाइमा पोखरामा ट्होटेँ पव मनाइएको हो । पोखरा सभागृहबाट सुरु भएको ट्होटेँ...
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको क्यालेन्डर बिमोचन
पोखरा ।बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०८२ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशब बहादुर खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार अन्य व्यवसायीक मलहरू भन्दा फरक रहेको हुनाले गुणस्तरीय सामान सुपथ मुल्यमा लिनको...
चिनियाँ नागरिकको शव काठमाडौँ लगियो
पोखरा । कास्कीको अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा हिम पहिरोमा परेर निधन हुनुभएका चिनियाँ नागरिकको शव काठमाडौँ लगिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउरालीस्थित चुम्रुङबाट २७ वर्षीय चेङयुअने गत चैत ११ गतेदेखि बेपत्ता हुनुभएकोमा १३ दिनपछि शनिबार शव फेला परेको थियो । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य...
आर्दश समाज सामाजिक संस्थाको अध्यक्षमा इन्दिरा
पोखरा पोखरा १२ पुरानोधारामा रहेको आर्दश समाज सामाजिक संस्थाको अध्यक्षमा इन्दिरा भण्डारी कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको भएको छ । संस्थाको ४६औ साधारणसभा तथा १७ औ अधिबेशनले संस्थाको उपाध्यक्षमा सुमित्रा कोइराला सचिवमा शान्ता कोइराला कोषाध्यक्षमा अमृत शर्मा सहसचिवमा रोशनि कोइराला सह कोषाध्यक्ष शान्ता बास्तोला सदस्यहरुमा शिव प्रसाद कोइरला सारदा कोइराला धुर्बनाथ कोइराला मधुसूदन कोइराला सुमन कोइराला...
पोखरा सभागृहमा गुञ्जिए पुरुषोत्तम न्यौपाने
पोखरा ।पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक साँझमा न्यौपानेले सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैनसहितका १८ गीत गाए । २०६६ को चैत २२ गते पोखरा सभागृहमा...
समाज रुपान्तरणमा गीत शक्तिशाली : सञ्चारमन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत संगीत शक्तिशाली हुने बताउनु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित लोक गायक पुरुषोत्तम न्यौपाने एकल साँझको शुक्रबार पोखरामा उद्घाटन गर्दैै गण्डकी प्रदेश लोक सँस्कृतिको मुख्य थलो भएको बताउनुभयो । “समृद्धि र विकासले मात्र खुसी मिल्दैन,”उहा्ँले भन्नुभयो,“व्यक्तिलाई सुखी...
जुत्ता ब्यबसायी संघ कास्कीको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान सहित क्यालेन्डर विमोचन
पोखरा । जुत्ता ब्यबसायी संघ कास्कीले २०८२ को टेबुल क्यालेन्डर विमोचन सहित नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान गरेको छ । क्यालेन्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकेिले ब्यबसायीहरुको समस्या जस्तोसुकै परिस्थितिमा पनि आफु सहयोग गर्न तयार रहेको बताउदै संस्थाले आफ्नो सदस्यहरुको हक र...
पोखरामा आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा...
लामिछानेको निधनमा काँग्रेसको शोक सभा
पोखरा । नेपाली काँग्रेस पोखरा २८ का नेता एंव तत्कालीन माझठानाका गा वि स का पुर्व उपाध्यक्ष टिकाराम लामिछानेको सम्झनामा शोकसभा गरिएको छ । नेपाली काँग्रेस पोखरा २८ समितिको आयोजनामा लामिछानेको निवास माझठाना लामिछाने गाँउमा आयोजना गरिएको शोकसभा कार्यक्रममा पुर्व मन्त्री तथा पार्टीका पुर्व जिल्ला सभापति यज्ञ बहादुर थापाले स्वर्गिय लामिछानेले पार्टी प्रति योगदान दिई...