पोखरा

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड
पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको भन्दा यस वर्षको बजेट ४३ करोड रुपैयाँ बढि हो। चालु आर्थिक वर्षको बजेट ७ अर्ब ८ करोड ३४ लाख २४ हजार रुपैयाँको बजेट थियो। बजेट वक्तव्यको क्रममा महानगरले चालु आर्थिक वर्षको लागि ७...
पोखरा महानगरको नीति तथा कार्यक्रम २०८१/८२ आयो
पोखरा महानगरपालिकाले ‘पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना’ तयार गर्ने भएको छ। महानगरप्रमुख आचार्यले आज (आइतबार) आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी संघ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताए। महानगरका ३३ वडाको मौलिकता तथा विशिष्टताको पहिचान, वडाको संभावना...
पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सकियो
पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ। श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित तीन दिने मेला बुधबार सकिएको हो। गण्डकी प्रदेका मुख्यमन्त्री खगराज अधिकारीले बुधबार एक समारोहबीच समापन गरेका हुन्।...
पोखरा–२५ मा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू
पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ। ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम संचालन गरिएको हो। हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको हो। ‘विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर...
पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु
पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु भएको छ। आज (सोमबार) बाट सुरु ‘दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१’ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो। मेलाले सीप भएर पनि बेरोजगार भएका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच समन्वय गर्न सुरु गरेको छ। गण्डकी...
पोखरा महानगरले सडक छेउ र खुल्ला ठाउँमा २ लाख भन्दा बढी विरुवा रोप्दै
पोखरा महानगरपालिकाले पोखराका सडक छेउ र खुल्ला ठाउँमा २ लाख बढि विरुवा रोप्ने भएको छ । पोखरालाई हरित सहरको रुपमा विकास गर्न सडक छेउ लगायत खुला ठाउँमा २ लाख १८ हजार बोटविरुवा रोप्ने गरी तयारी थालिएको महानगरपालिकाले जनाएको छ। संभावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्न वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा...
पोखरामा बैशाख १० गतेदेखि दोस्रो पटक वृत्ति परामर्श तथा रोजगार मेला हुँदै
पोखरामा दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१ हुने भएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयको आयोजनामा यही बैशाख १० गतेबाट पोखराको सभागृहमा मेला हुन लागेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विद्यार्थी र सरोकारवालालाई जानकारी दिन, बेरोजगारहरुका लाग रोजगारी प्रदान गर्न र रोजगारदाता संघसंस्थाहरुका लागि दक्ष जनशक्ति प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पोखरामा...
पोखरा महानगरपालिकाले स्थानीय तह कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट अंक ल्यायो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. २०७९÷०८० मा स्थानीय तह कार्य सम्पादन मूयांकनमा पोखरा महानगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको छ। आयोगले मंगलवार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पोखरा महानगरपालिकाले ६२.७४ अंक प्राप्त गरेको हो। यसअघि, आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा विवरणहरू अद्यावधिकको समस्याका कारण अवस्था कमजोर देखिन पुगेको थियो। आयोगले दिएको समय सीमाभित्र महानगरपालिकाले...
‘लिजा’मा पोखरा महानगरको सुधार
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ‘लिजा’ मा पोखरा महानगरपालिकाको अंकमा सुधार आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकनमा पोखरा महानगरपालिकाले ८५.५ अंक प्राप्त गरेको छ। जुन आर्थिक वर्ष २०७८/०७९ भन्दा १६ अंकले बढी हो। त्यतिबेला, पोखरालाई ६९.७५ अंक मात्र मिलेको थियो। स्थानीय तहले कसरी काम गरिरहेका छन्...
पोखराको मुख्य बजार महेन्द्रपुलमा बन्यो अन्तर्राष्ट्रिय झण्डा पार्क
पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ। साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका ५ संस्थाको ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त पार्क सोमबार पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो। उक्त पार्कमा संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित १९७...