पोखरा

गण्डकीसहित ३ प्रदेशमा वर्षाको सम्भावना
पोखरा । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका...
मानव वेचविखनमा संलग्न ३ जना पक्राउ,५ महिलाको उद्धार
पोखरा । पोखराको सृजनाचोकमा रहेको मनिका रेष्टुरेण्टमा  प्रहरीले छापा मार्दा ५ जना महिलालाई उद्धार गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ती महिलाहरूलाई उद्धार गरी सुरक्षित आवास (सेफ हाउस) मा राखेको हो। अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।  रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई मानव वेचविखन तथा ओसारपसारसम्बन्धी अभियोगमा...
एमाले कास्कीको कमिटीले पायो पूर्णता
पोखरा । नेकपा (एमाले) कास्कीको १० औं अधिवेशन भएको १ वर्षपछि कमिटीलाई पूर्णता दिएको छ । एमाले कास्कीको अधिवेशन २०८० चैत १० देखि १३ गतेसम्म भएको थियो । पार्टी विधानको धारा ६५ को उपधारा १ अनुसार १२, पार्टी विधानको धारा ६५ को उपधारा ४ अन्तर्गत पार्टी समायोजन र एकता प्रक्रियाबाट ८ जना सदस्य थपेर कमिटीलाई...
पोखरा १३ मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा श्रीराम सिग्देल
पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा पुनः श्रीराम सिग्देल निर्वाचित भएका छन् । संस्थाको चौथो अधिवेशनले सिग्देललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान सहसचिव हुन् । उनले विभिन्न संघसंस्थामा नेतृत्व गरिसकेकाा छन् । संस्थाको उपाध्यक्षमा श्रीराम बराल, सचिवमा शिवराज बराल, सहसचिवमा...
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए । पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो । ‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान गर्दैछौं,’ सुचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने...
बालगृहमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा अवद्ध गराउन कास्की जिससको अनुरोध
पोखरा । जिल्ला समन्वय समिति कास्कीले बालगृहमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अनुरोध गरेको छ । कास्की जिल्लामा सञ्चालित बालगृहका सञ्चालकहरूसँगको अन्तक्रियामा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्रसहित सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न आग्रह गर्नुभयो । पौडेलले बालश्रमरहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र व्यवस्थित...
नेपालकी अरुणा गुरुङ बनिन् पहिलो पटक हङकङको समान अवसर आयोगको सदस्य
न्युयोर्क अमेरिका । हङकङ सरकारको ‘समान अवसर आयोग (इओसी)’ को सदस्यको रुपमा पहिलो पटक नेपाली समुदायको तर्फबाट याउची मङ जिल्ला परिषद सदस्य अरुणा गुरुङ नियुक्त भएकी छन् । उनलाई दुइदिन अघि हङकङ सरकारले आयोगको सदस्यको रुपमा नियुक्त गरेको हो । सन १९८९ देखि २०२० सम्म हङकङको क्याथे ड्रागन एयर लाइन्समामा इन्फ्लाइट सर्भिस म्यानेजरको रुपमा ३२...
पोखरा २८ कालिकामा अर्धनारीश्वर दिव्य धामको शिलान्यास
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकास्थित दुरारमडाँडामा अर्ध नारीश्वर दिव्य धाम निर्माण गरिने भएको छ । अर्धनारीश्वर दिव्य धाम धार्मिक सांस्कृतिक तथा पर्यटन प्रवद्धन संस्था गठन गरी धाम निर्माण थालनी गरिएको हो । धामको कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ । वडा नम्बर २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिमछानेले उक्त धामको भवनको शिलान्यस...
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन श्रम कार्यालय पाेखराको आग्रह
श्रम तथा रोजगार कार्यालय, पोखराले होटल, रेस्टुरेन्ट, स्थानीय तह, प्रादेशिक निकाय तथा निजी क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनुरोध गरेको छ । श्रमिकहरूको सामाजिक–आर्थिक सुरक्षाका लागि जागरण अभियान सञ्चालन गर्ने पनि कार्यालयले जानकारी दिएको छ । १३६ ओैं अन्तराष्ट्रिय श्रम दिवसको अवसरमा श्रम कानुन र श्रम सम्वन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालयका वरिष्ठ श्रम अधिकृत...
पोखरा–२८ मा कृषि गीत प्रतियोगिता, मातृशिशु कृषि समूह प्रथम
पोखरा । पोखरा महानगरपालिका वडानम्बर २८ र कृषि संजालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिबिर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रमा अन्तरगत भएको कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ । यस्तै काफलघारी पिपलडाली कृषक समूह द्धृतिय, विमीरापानी कृषक समूह तृतिय र स्याङ्खुदी कृषक समूह शान्त्वना भए । प्रथम,...