पोखरा

पोखरा उद्योग वाणिज्य संघ ७१ औँ वर्षमा, राष्ट्रिय औँधोगिक मेलामा सहयोग गर्नेलाई सम्मान
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७१औँ वर्षमा प्रवेश गरेको उपल्यक्ष्यमा संघले झण्डोत्तलन तथा सम्मान कार्यक्रम गरेको छ । संघले आफ्नो ७१ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन तथा कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै ३३औँ राष्ट्रिय औँधोगिक व्यापार मेला तथा आईटी महोत्सवमा सयोग गर्ने सरकारी निकायहरू विभिन्न संघ संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूलाई सम्मान गरिएको...
पोखरामा भोलि ब्याक टु नाइन्टिज सांगीतिक कार्यक्रम हुने
पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा भोलि ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमो शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ...
चौरासीसम्म एमाले  र कांग्रेसको सहकार्य, तर चुनावमा नयाँ समीकरण बन्छ :  नेता ज्ञवाली
पोखरा ।  नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुल विभागको सहकार्यमा एमाले कास्कीले पोखरामा बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले २०८४ सालसम्म दुई पार्टीको सत्ता सहकार्य हुने र चुनावमा नयाँ समीकरण बन्ने बताउनुभयो...
प्रेस चौतारी कास्की अध्यक्षमा मोतिसागर अधिकारी चयन
पोखरा । नेकपा (एमाले)निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । यसअघि संगठनको कार्यवाहक अध्यक्ष रहेका अधिकारीले अध्यक्षको जिम्मेवारी सर्वसम्मत प्राप्त गरे । समिति उपाध्यक्षमा...
सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर
पोखरा । सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर शुभारम्भ गर्नुभयो । शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र...
१० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको  ‘एचपिभी खोप’ दिइँदै
काठमाडौं ।  आज  विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने...
मादी गाउँपालिकामा सोंथर बेँसी टारी बजार मेला हुने
पाेखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन १ र २ गते तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला हुने भएको छ । सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन...
आहा ! रारा पोखरा गोल्ड कप भोलिदेखि
पोखरा । २४ ‌औं आहा ! रारा पोखरा गोल्ड कप भोलिदेखि पोखरामा सुरु हुँदैछ । मंगलबारबाट पोखरा रंगशालामा सुरू हुने उक्त प्रतियोगिताको तयारी सकिएको आयोजक सहारा क्लबले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ३ विदेशी, ८ ए डिभिजनका क्लब,...
सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष दोहोरिए भीम
पोखरा । सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १० औं अधिवेशनले पुनः भीम पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मनपति भण्डारी, प्रथम उपाध्यक्षमा विष्णु सुवेदी, द्धितीय उपाध्यक्षमा प्रेम पहारी, महासचिवमा घनश्याम तिम्सिना, सचिवमा शम्भुराम पाण्डे, कोषाध्यक्षमा गुप्तबहादुर कार्की, सहकोषाध्यक्ष धनबहादुर विक छन् । त्यसैगरी समितिको सदस्यहरुमा...
पत्रकार महिलाका लागि अदालती रिपोर्टिङसम्बन्धी कार्यशाला
पोखरा । पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग र न्यायमा पहुँच वृद्धिका लागि ‘अदालती रिपोर्टिङसम्बन्धी’ एक दिने कार्यशाला पोखरामा भएको छ । एसियाली महिला कोषको आर्थिक सहयोग, अधिवक्ता विनीता नेपालीको संयोजकत्व र नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा उक्र कार्यक्रम भएको हो । कार्यक्रममा अदालती रिपोर्टिङसम्बन्धी प्रस्तुति राख्दै उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले पत्रकारले...