पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समग्र पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी मन्त्रालयले गरेको बताउनुभएको छ । “पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउन नीतिगत सुधारको आवश्यकता देखिएको छ”, उहाँले भन्नुभयो,“प्रिन्ट, बोडकास्ट र अनलाइन मिडिया लगायत सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी गरिएको हो, विधेयक ल्याउँदा...