गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको नेपालमा ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप ४२८ वा अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको छ ।विश्वभरका संघ–संस्था र नेपाली समुदायको सहयोगमा ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा आइपुगेको जनाइएको छ । नेपाल एयरलायन्सको वाइडबडी विमान चीनको बेइजिङ पुगेर ती सामान्य शनिबार ल्याएको हो ।विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आर्थिक सहायता प्राप्त भएको…
पुरा पढौ