एनआरएनए

बिश्व भरिका समाजवादीहरूको साझा सस्था सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षमा जीसी निर्वाचित्

स्पेनको म्याड्रिडमामा नोवेम्बर २५-२७,२०२२ बाट शुरू भएको तीन दिने बिश्व भरिका समाजवादीहरूको साझा सस्था सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन् । उक्त महाधिवेशनले उपाध्यक्षमा अमेरिका निवासी नेपाली मूलका कानून व्यवसायी खगेन्द्र जीसी समेत चयन भएका छन् । जीसीले नेपाली काँग्रेसकोतर्फबाट नेपाली जनसम्पर्क समिती अमेरिकाको पूर्व अध्यक्षको रूपमा प्रतिनिधित्व गर्दै उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित् भएका छन्। यस अगाड़ी नेपाली कांग्रेसका सभापतिद्वय, महामानव बि पी कोइराला र शेर बहादुर देउवाले बिश्व भरिका समाजवादीहरूको साझा सस्था… पुरा पढौ

अमेरिकाको निर्वाचनमा भण्डारीसहित दुई नेपाली विजयी

अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जित हासिल गर्नुभएको छ । उहाँ कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बन्नुभएको छ । यो कूल खसेको मतको २० दशमलव २७ प्रतिशत हो । सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जित हासिल गर्ने पहिलो नेपाली बन्नुभएका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान… पुरा पढौ

अमेरिकामा समता विद्यालयको सहयोगार्थ कार्यक्रम

वासिङ्टन डिसी, कात्तिक २० गते। नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ। विभिन्न नौ राज्यमा सांस्कृतिक कार्यक्रमसहित गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, विद्यालयका अध्यक्ष तथा परिकल्पनाकार उत्तम सञ्जेल अमेरिका आउनुभएको हो। उक्त कार्यक्रमको सुरुआत अमेरिकाको न्यूयोर्कबाट शनिबार सुरु गरिएको छ। कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ कलाकार श्रेष्ठले भन्नुभयो, “हामी यो पटक अमेरिकामा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शैक्षिक क्षेत्रमा योगदान दिन अनुरोध गर्दै… पुरा पढौ

विद्यार्थीले काम गर्ने समय घटाउँदै अष्ट्रेलिया

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाले छिट्टै अन्तरराष्ट्रिय विद्यार्थीहरुले काम गर्न पाउने समय (घन्टा) सीमित बनाउने भएको छ । सन् २०२३ को जुन ३० मा विद्यार्थी भिसाको लागि असीमित काम गर्ने अधिकार अन्त्य हुँदैछ । सन् २०२३ को जुलाईदेखि विदेशी विद्यार्थीहरुका लागि काम गर्ने समय (घन्टा) मा पुनः सीमा लगाउन लागिएको अष्ट्रेलियाको सरकारले एक विज्ञप्तिमा भनेको छ । काम र पढाईबीच सही सन्तुलन बनाउन कसरी सकिन्छ भन्ने धारणाका आधारमा काम गर्न सकिने घन्टा तोकिने पनि विज्ञप्तिमा भनिएको छ । सन् २०२२ को… पुरा पढौ

ग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्दै एनआरएनएका पूर्व अध्यक्ष घले

रमेश लम्साल, काठमाडौं, २५ असोज (रासस)। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ। सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनमा लगानीका लागि तयारी गरेको हो। कार्यक्रम स्थलमा कुराकानी गर्दै व्यवसायी घलेले ऊर्जाको वैकल्पिक स्रोतको रूपमा हाइड्रोजनको प्रयोग संसारभर नै भइरहेको सन्दर्भमा आफूहरूले यसमा लगानी गर्न लागेको जानकारी दिनुभयो। उहाँका अनुसार लगानीका लागि हाल प्रारम्भिक चरणको काम भइरहेको छ। काठमाडौंको दरबारमार्गमा होटल शेराटन… पुरा पढौ

अमेरिकाका नेपालीले सम्झे नेता गिरीलाई

भर्जिनिया (अमेरिका), भदौ ६ गते । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ । नेपाली जनसम्पर्क समिति, अमेरिकाको भर्जिनिया च्याप्टरले आइतबार आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा सहभागीहरुले दिवंगत नेता गिरीको बहुआयामिक व्यक्तित्व र योगदानबारे स्मरण गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरीले नेता गिरी आफ्नो राजनीतिक गुरुसमेत रहेको भन्दै उहाँको निधनले कांग्रेस पार्टी र सिंगो मुलुकले नै एक असल चिन्तक र विचारक गुमाएको बताउनुभयो । मन्त्री चौधरीले २०६२–६३ सालको… पुरा पढौ

‘गैरआवासीय नेपाली नागरिकताले विश्वभरका नेपालीलाई नेपालसँग जोडेको छ’

कुल आचार्य, कार्यकारी अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ नेपालको संविधान बनेको सात वर्ष हुन लागिसक्दा पनि नागरिकता ऐन संशोधन नहुँदा मूल कानुनले योग्य मानेका देशका कैयौं नागरिकले नागरिकता पाउन सकेका थिएनन् । संविधानको भावनाअनुसार २०७५ सालमा संसदमा प्रस्तुत नागरिकतासम्बन्धी विधेयक त्यसै अल्झिरहेको थियो । यसलाई फिर्ता गरेर वर्तमान सरकारले यसलाई संसदीय प्रक्रियामा लगेर वर्षौंदेखिको समस्याको समाधान निकाल्न खोजेको थियो । गृहमन्त्री बालकृष्ण खाणले २३ असार २०७९ मा प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयक साउन ६ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित… पुरा पढौ

गैरआवासीय नेपाली सङ्घद्वारा नेपाल सरकारको प्रतिबद्धताको स्वागत

काठमाडौं । गैरआवासीय नेपाली सङ्घले संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोमा पु¥याउने नेपाल सरकारको प्रतिबद्धताको स्वागत गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्यले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, मङ्गलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा संघले उठाउँदै आएका विषयहरु समावेश भएकोमा हामी उत्साहित भएका छौं । विज्ञप्तिमा भनिएको छ, ‘‘खास गरी संसद्मा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुराउने नेपाल सरकारको प्रतिबद्धताको हामी स्वागत गर्दछौं । यसबाट लामो समयदेखि थाँती रहेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था… पुरा पढौ

एनआरएनएका तीन अध्यक्षले सम्हाले नेतृत्व

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए । आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति… पुरा पढौ

गैरआवासीय नेपाली संघमा भाँडभैलो, संरक्षक शेष घलेको कदमविरुद्ध कुमार पन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा भाँडभैलो मच्चिएको छ। संघमा पूर्व अध्यक्ष शेष घलेले पनि समानान्तर गतिविधि अघि बढाएसँगै वर्तमान अध्यक्ष कुमार पन्तले आपत्ति जनाएका छन्। घलेले संघको निर्वाचन समिति पुनर्गठन गरि छुट्टै सम्मेलनको आयोजना गर्न लागेको भन्दै अध्यक्ष पन्तले वक्तव्य नै निकालेर आपत्ति जनाएका हुन्। पन्तले आइतवार एक विज्ञप्ति निकालेर पूर्व अध्यक्ष घलेले संघको निर्वाचन समिति पुनर्गठन र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com