एनआरएनए

एनअरएनए महाधिवेशन सर्ने, न्यायिक समिति बन्ने, अध्यक्ष पन्त दोश्रो पटक प्रत्यासी हुने

कृष्ण के सी, अमेरिका, गैरआवासीय नेपाली संघ (एनअरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा साधारणसभा कोरोनाको महामारी र महाधिवेशन प्रतिनिधिको अनावश्यक किचलोका कारण कम्तिमा पनि ६ महिना पछि सार्ने तयारी भएको छ। प्रसङ्ग गैरआवासीय नेपाली संघले आफ्नो १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा साधारणसभा अक्टुवर २३-२५, २०२१ मा गर्ने निर्णय गरेको छनेपाल सरकारले महाधिवेशनको लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा कार्यदल पनि गठन गरेको छअक्टोबर २३-२५, २०२१ मा एनआरएन १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा साधारणसभा आयोजना गर्न अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन… पुरा पढौ

एनआरएनए युवा समितिको उपाध्यक्षमा कास्कीका गुरुङको उम्मेदवारी घोषणा

नेदरल्याण्ड । युवा ब्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डमा ब्यवसाय गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २०११ देखि एनआरएनएको बिभिन्न समितिमा रहेर काम गरेको अनुभव संगालेका गुरुङले अबको एनआरएनएको नेतृत्वमा युवा पुस्ता भन्ने नारा सहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय संघको अभियानमा आवद्ध रहेका गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुदै २०१५—१७ मा… पुरा पढौ

कृष्ण पोखरेलद्वारा क्षेत्रीय संयोजकमा  उम्मेदवारी

नेपालय न्युयोर्क  एनआरएनए अमेरिकाज क्षेत्रको  क्षेत्रीय संयोजकको रूपमा कृष्ण पोखरेलले उम्मेदवारी दिने भएका छन् ।   एनआरएनए अमेरिकाको अभियानमा विगतमा लामो समय देखी लागी परेका कृष्ण पोखरेल एनआरएन  अमेरिकाको महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष सम्मको अनुभव लाई अब अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको रूपमा उम्मेदवारी दिएर पुन यो एनआरएनए अमेरिकाको अभियानमा लाग्नेका लागी आफूलाई अगाडी सारेका छन् । एनआरएनए अमेरिकाको अभियानमा लागी परेका कृष्ण पोखरेल एनआरएनको अभियान भन्दा पहिल  जनसम्पर्क समिति लगायत न्युयोर्कमा रहेको रिजुयुट नेपाली सोसाइटी लगायत विभिन्न संस्थाहरू सगं आबद्ध… पुरा पढौ

अमेरिकी सेनाको जहाज मार्फत एनआरएन अमेरिकाले स्वास्थ्य उपकरण सामाग्री नेपाल पठाउँदै

विज्ञप्ति गैरआवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी भइरहेको छ । १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउन सहयोग सङ्कलन भइरहेको जानकारी गराउदछौं। आवाश्यक स्वास्थ्य सामग्री खरिद र सङ्कलनमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पदाधिकारी, बोर्ड सदस्यहरू साथै च्याप्टरका प्रतिनिधिहरूले काम गरिरहनु भएको छ। नेपाल पठाउन लागिएको स्वास्थ्य सामाग्रीको सङ्कलन, खरिद र… पुरा पढौ

एनअरएनए अमेरिकाको २५% प्रतिनिधिको लागि रोकिएको निर्वाचन अगष्ट १३ मा हुँदै

कृष्ण के सी अमेरिका, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) अमेरिकाबाट संघको १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको लागि २५% प्रतिनिधि चयनको लागि रोकिएको निर्वाचन अगष्ट १३, २०२१ मा हुने भएको छ। २०२१-२०२३ कार्यकालको लागि संसारमा सबै भन्दा पहिला निर्वाचन भएको एनअरएनए एनसीसी अमेरिकाको निर्वाचनलाइ संसारले पारदर्शिताको उदाहरणको रुपमा लिए। उसो त निर्वाचन भएर बुद्धि सुबेदीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले जुलाई ३, २०२१ देखि कार्यभर पनि लिएको छ। २०१३ देखि नै अनलाइन निर्वाचन गराउँदै आएको एनअरएनए एनसीसी… पुरा पढौ

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

कृष्ण के सी, अमेरिका, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाबाट १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनका लागि भागलिने जम्मा प्रतिनिधिको २५% प्रतिनिधिमा राज्य च्याप्टर नेतृत्वलाइ सहभागी गराउने सहमति भएको छ। गत पटक प्रतिनिधि चयनमा रोकिएको बिषय नयाँ सहमति अनुसार अगाडि बढेको कुरा गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीले जानकरी दिनु भएको छ। जुलाई २९, २०२१ मा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अनुरोधमा आयोजित जुम मिटिङ्गबाट प्रतिनिधि चयनमा एउटा नयाँ सहमति भएको… पुरा पढौ

अमेरिकाबाट एनआरएनको महासचिवमा डा केशव पौडेलले उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को आगामी कार्यकाल २०२१-२०२३ को लागि महासचिवमा डा केशव पौडेल उम्मेदवार हुने भएका छन्। नेपालको तनहुँ जिल्लामा जन्मेर टिचिङ हस्पिटल महाराजगंजबाट एमबिबीएस गरेका डा केशव पौडेलले अमेरिकाबाट मेडिकल डाक्टर डिग्री (एमडी) अनि एमबिए समेत पुरा गरेका छन्। बिगत लामो समय देखि अमेरिकामा मेडिकल पेशामा कार्यरत डा पौडेलले आफू यो पटक महासचिवमा उम्मेदवार हुने बताएका छन्। उसो त डा पौडेल बिधार्थी कालमा नेपाल बिधार्थी संघको राजनीतिमा पनि सक्रिय थिए। नेपाल बिधार्थी संघको केन्द्रिय… पुरा पढौ

एनआरएनएको महासचिवमा डा.केशव पौडेलले उम्देवारी दिने

न्यूयोर्क । गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने आईसीसीको सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । दुई कार्यकाल एनआरएन एनसीसी अमेरिकाको सफल नेतृत्व गरेका डा. केशव पौडेल अमेरिकाको नेतृत्वमा रहँदा गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय संविधानमा राख्न लबिङ गरेका पौडेलले राष्ट्रिय विज्ञान एकेडेमी, अमेरिकामा सामुदायिक भवन निर्माण आदिमा महत्वपूर्ण भूमिका खेलिसकेका छन् । अमेरिकामा नेपालीबीच सहयोग आदानप्रदान तथा विभिन्न काममा सक्रिय भूमिका खेलेका डा. पौडेलले अब आफ्नो अनुभव आईसीसीमा उपयोग गर्ने उद्देश्यका साथ अघि बढ्न… पुरा पढौ

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा पूर्व अध्यक्ष घले चयन

गैरआवासीय नेपाली संघ (एनआरएनए-NRNA) को नीति प्रतिष्ठान (Policy Institute) को अध्यक्षमा संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले चयन हुनुभएको छ। जुलाई ९, २०२१ मा संघका अध्यक्ष कुमार पन्तले यसबारे जानकारी दिंदै संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेलाई सो जिम्मेवारीमा चयन गरेको बताउनु भएको हो। प्रतिष्ठानमा बाँकी सदस्यहरु अध्यक्ष घलेले नै मनोनयन गर्नुहुने समेत जानकारी दिनुभएको छ। एनआरएनए नीति प्रतिष्ठान नेपालको सामाजिक-आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा काम गर्ने एउटा गहन निकाय हो। यसमा एनआरएनए… पुरा पढौ

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

कृष्ण के सी, अमेरिका, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औं साधारणसभामा भएको विवादको बिषयलाइ लिएर सामाजिक संजाल, संचार र अन्य क्षेत्रमा आएका कुरालाइ लिएर सबैको ध्यानाकर्षण भएको छ। न्यूयोर्कमा प्रवासी एकता मंच अमेरिका र एमाले प्रवासी मंचले आयोजना गरेको लन्च कार्यक्रममा आइसीसी उपाध्यक्ष डा बद्रि के सीले अमेरिकाको २५% प्रतिनिधि रोकिदिने धम्कि दिएको कुरा आएको छ। के यो सत्य नै हो त ? जब कुनै कुरा उठ्छ तब त्यसबारे जानकारी पाउने अधिकार सबैलाई हुन्छ। एनआरएनए… पुरा पढौ