समाचार

जमाएर राखिने भ्रूणलाई पनि शिशु मान्ने फैसला, अमेरिकी अस्पतालले रोक्यो आईभीएफ

वाशिङटन डीसी । अमेरिकाको एक अस्पतालले आईभीएफ सेवा रोकेको छ । दक्षिण अमेरिकी राज्य अलाबामाको सर्वोच्च अदालतले जमाएर राखिने भ्रूणलाई पनि शिशु नै मान्दै अनजानमा वा झुक्किएर भ्रूण नष्ट हुँदा पनि व्यक्ति जिम्मेवार रहने भन्ने फैसला सुनाएपछि अमेरिकामा नयाँ बहस छेडिएको हो । यसै विवादबिच अलबामाको सबैभन्दा ठुलो अस्पतालले आईभीएफ अर्थात् इन–भिट्रो फर्टिलाइजेशन सेवा रोकेको छ । सेवा जारी राख्दा आफूमाथि फौजदारी मुद्दा लाग्ने भयबिच अस्पतालले सो निर्णय गरेको हो । ब्रिमिङगम हेल्थ सिष्टमस्थित अलाबामा विश्वविद्यालयका अनुसार महिलाहरूको पाठेघरबाट अण्डा… पुरा पढौ

पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति विश्वास बढ्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनताको विश्वास अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल हुन सक्ने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको २०७९–८० को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले जनताको आस्था, विश्वास र धरोहरको केन्द्र न्यायपालिकाले आगामी दिनमा पनि जनविश्वास प्राप्त गर्न सकोस् भन्दै न्याय सस्तो र सर्वसुलभ भई गरिब, असहाय, अशक्त र अल्पसङ्ख्यकहरूको… पुरा पढौ

अमेरिकामा हुने लाटोकोसेरो महोत्सवमा नेपालका बरालको फोटोभिडियो प्रदर्शनी हुने

न्युयोर्क, अमेरिका । अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका फोटो पत्रकार कृष्णमणि बरालले खिचेको फोटो तथा भिडियो प्रदर्शनी हुने भएको छ । अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा मार्च १ देखि ३ गतेसम्म प्रदर्शनी हुँदैछ । ‘अमेरिकामा हुने प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेन विश्वास लिएको छु,’ बरालले भनेका छन् । बरालले ११ औँ संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सवको सन्दर्भ पारेर नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र… पुरा पढौ

कांग्रेसका सबै तहका उम्मेदवार ‘प्राइमरी इलेक्सन’बाट छानौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सबै तहका उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ प्रस्ताव गरेका छन्। सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै थापाले अहिलेको विधि प्रक्रियालाई परिवर्तन गरेर क्रियाशील सदस्यको मतदानबाटै उम्मेदवार चयन गर्ने व्यवस्था प्रस्ताव गरेका हुन्। ‘पार्टीको विधानले तल्लो तहका कार्य समितिहरूबाट प्रारम्भिक सिफारिस र राय सहित निर्णय गर्ने तहमा पुऱ्याउने अनि निर्णय गर्ने निकायले विधानले तोके बमोजिमको समिति बनाएर उम्मेदवार चयन गर्ने व्यवस्था गरेको छ’, उनले भनेका छन्, ‘अब यही व्यवस्था र अभ्यासलाई… पुरा पढौ

जापान र जर्मनीपछि अब चीनमाथि आर्थिक मन्दीको खतरा

बेइजिङ । यति बेला विश्व अर्थतन्त्रमाथि पुनः आर्थिक मन्दीको खतरा मडारिरहेको छ । जापान, जर्मनी र बेलायती अर्थतन्त्र मन्दीमा फसेको हालै सार्वजनिक भएका तथ्यांकहरुले देखाएका थिए । यसैबिच विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमाथि पनि आर्थिक मन्दीको कालो बादल छाउन सक्ने देखिएको छ । हालै सार्वजनिक भएको आर्थिक तथ्यांकहरुले यसैतर्फ संकेत गरिरहेका छन् । चीनमा भित्रिने विदेशी प्रत्यक्ष लगानी (एफडीआई)मा निकै ठुलो कमी देखिएको छ । सन् २०२३ मा चीनमा जम्मा ३३ अर्ब डलर खुद एफडीआई भित्रिएको सरकारी तथ्यांकले देखाएको छ… पुरा पढौ

७ वर्षदेखि नेपालमा बसिरहेका अमेरिकीको सपना : एक दिन पोखरामा क्याफे खोल्छु

हेडन रु म अरेगन राज्यको सलेममा जन्मेहुर्केको व्यक्ति। हुर्कंदै गर्दा म र मेरो परिवार पश्चिमी तटबाट धेरै टाढा गएका थिएनौँ। २०१६ मा थुप्रै वृद्ध जोडीहरूकहाँ मैले मालीको काम गरेँ। मेरा ग्राहकहरूले मलाई पिस कर्प्समा सहभागी हुन सिफारिस गरे। जुन विकासशील मुलुकहरूलाई सघाउने अमेरिकी सरकारी एजेन्सी हो। म भर्खरै २० कटेको थिएँ र त्यसबेला मसँग आफ्नो करिअरको निश्चित योजना केही थिएन। त्यसैले मैले एकपटक प्रयास गर्ने निर्णय गरेँ। डेढ महिनापछि मैले एउटा इमेल पाएँ, जसमा मलाई नेपालमा पठाउन छनोट गरिएको जानकारी… पुरा पढौ

आगामी वर्षको बजेट सीमा १८ खर्ब

काठमाडौँ, फागुन ६ गते । आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ ले स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध… पुरा पढौ

सोंथर बेँसी मेलाको तयारी पूरा,मादी गाउँपालिकाको पर्यटनमा टेवा पुग्ने

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट गाउँ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसीमा मादी गाउँपालिकाको पर्यटनमा टेवा पुग्ने हेतुले अगामी फागुन १ र २ गते हुने दोस्रो सस्करणको सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेलाको तयारी पूरा भएको छ । सोंथर बेँसी तथा त्यस क्षेत्र को प्रवर्धन, कृषि र पर्यटन भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो । मेलाको फागुन १ गते … पुरा पढौ

पाकिस्तानमा चुनावको अन्तिम नतिजा घोषणा

पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ मा भएको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरेको छ। राष्ट्रिय सभा (एनए) वा देशको संसदको तल्लो सदनका लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट, पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले ७५ सिट प्राप्त गरेको छ। पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी संसदीय दलले ५४ सिट प्राप्त गरेको छ। मुत्ताहिदा कौमी मुभमेन्ट-पाकिस्तानले १७ सिट, जमियत उलामा-ए-इस्लाम पाकिस्तानले चार सिट, पाकिस्तान मुस्लिम लिगले तीन सिट, इस्तेहकाम-ए-पाकिस्तान पार्टी र बलुचिस्तान नेशनल… पुरा पढौ

आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

काठमाडौँ । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभयो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि बिहान ८ देखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताउनुभयो । “हाल बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ-भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com