समाचार

जाजरकोट भूकम्प : नलगाडको चोचे टोलका सबै घर ध्वस्त, तिहार मनाउन फर्किएकाहरूको एकै चिहान !

भेरीगङ्गा (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आशिंक रुपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् । खलङ्गाबाट डेढ घण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन् । यहाँका सबै घर ध्वस्त भइसकेका छन् । पीडित अविलाल विकले भने,… पुरा पढौ

स्वदेश फर्किए परराष्ट्रमन्त्री, अमेरिकी विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

परराष्ट्रमन्त्री एनपी साउद एक हप्ते अमेरिका भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। अमेरिका भ्रमण सकेर स्वदेश फर्किएसँगै मन्त्री साउदले भ्रमणका क्रममा आफ्नो भेटघाट सकारात्मक र फलदायी भएको दाबी गरेका छन्। भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको पनि उनले बताए। साथै, उनले अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्गेनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पनि लिएका छन्। ‘अमेरिकाबाट नेपालमा लामो समय देखि उच्चस्तरीय भ्रमण नभएको बिषय उल्लेख गर्दै मैले अमेरिकी विदेश मन्त्री महामहिम एन्टोनी व्लिङ्गेनलाई नेपालको… पुरा पढौ

४४ अमेरिकीसहित ९ देशका सेनाले नेपालमा संयुक्त अभ्यास गर्ने

अमेरिकासहित ९ देशका सेनाले नेपालमा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास गर्ने भएका छन्। नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको आयोजनामा हुने अभ्यास २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ। विपद् व्यवस्थापन अभ्यास तथा अनुभव आदानप्रदानको छैटौं संस्करण सञ्चालन हुन लागेको हो। विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उदेश्यले सन् २०११ देखि यस्तो अभ्यास सञ्चालन हुँदै आएको नेपाली सेनाले जानकारी दिएको छ। विशेषज्ञसँगको शैक्षिक छलफल र टेबल कार्य काठमाडौंको होटल मेरिओटमा हुनेछ। फिल्ड… पुरा पढौ

विश्वकप खेल्न पाउनु भाग्यमानी ठान्छु : कप्तान रोहित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै जारी आइसिसी विश्वकप छनोट (एसिया क्वालिफायर) को फाइलनमा यात्रा तय गरेसँगै नेपाल सन् २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा स्थान बनाउन भयो । त्यो सफलतापछि कप्तान रोहितले सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै सन् २०१४ कै विश्वकप हेरेर… पुरा पढौ

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान

जनकपुरधाम । आन्तरिक पर्यटन विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित शुरु गरिएको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । अभियानका लागि प्रचारप्रसारका क्रममा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले विगत दुई दशकदेखि शुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको बताए । पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बिहीवारदेखि शुरु भएको प्रचारप्रसार अभियान जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन पुगेर यही २० गते सम्पन्न हुने उनले जानकारी दिए । ‘यस क्षेत्रका पर्यटकलाई… पुरा पढौ

अपेक्षा गरिएभन्दा धेरैले बढ्यो अमेरिकामा तलब

वासिङ्टन डिसी । अमेरिकी कामदारहरूको तलब बढेको छ । गएको त्रैमासमा अमेरिकामा कामदारहरूको कूल तलब भत्ता अपेक्षा गरिएभन्दा धेरैले बढेको सरकारी तथ्याङ्कले देखाएको हो । यसले त्यहाँको श्रम बजारले लय समातिरहेको सङ्केत गरेको छ । यस वर्षको तेस्रो त्रैमासमा कर्मचारीहरूको तलब सुविधा जनाउने रोजगारी लागत सूचक १ दशमलव १ प्रतिशतले बढेको श्रम मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । दोस्रो त्रैमासमा यो सूचक १ प्रतिशतले मात्रै बढेको थियो । सेप्टेम्बरसम्मको तीन महिनामा तलब मात्रै भने १ दशमलव २ प्रतिशतले… पुरा पढौ

किन क्यानडा छाड्दै छन् आप्रवासीहरू ?

भर्खरै क्यानडा गएका आप्रवासीहरू छिटो छिटो त्यहाँबाट बाहिरिइरहेका छन् । हालै सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । विदेशीहरूलाई ल्याएर आर्थिक वृद्धिदर उकास्ने सरकारी नीतिमा यो प्रवृत्ति ठुलो खतराको रूपमा मडारिरहेको स्पष्ट देखिन्छ । सन् १९८० को दशकदेखि नै क्यानडा छाड्ने आप्रवासीहरूको सङ्ख्या बढ्दो छ । हालैका वर्षमा यो दर झनै बढेको छ । यसले नवआगन्तुकहरूले क्यानडा बसाई सरेर आउनुको फाइदा नदेखेको सङ्केत गरेको इन्स्टिच्युट फर क्यानेडियन सिटिजनशिप र कन्फ्रेन्स बोर्ड अफ क्यानडाले आप्रवासीबारे गरेको एउटा अध्ययनले देखाएको… पुरा पढौ

अमेरिकामा कांग्रेस महामन्त्री शर्माको उपस्थितिमा “नेपालको आजको अवस्था र अबको बाटो” विषयमा अन्तरक्रिया

न्यूयोर्क, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आथित्यमा “नेपालको आजको अवस्था र अबको बाटो” बिषयक वृहत् अन्तरक्रिया कार्यक्रम नेपाली जनसम्पर्क समिति अमेरिकाको आयोजनमा सम्पन्न भएको छ । प्रमुख अथितिको रूपमा बोल्दै महामन्त्री एवंम सांसद विश्वप्रकाश शर्माले बिदेशमा रहेका नेपालीलाई `नेपाल फर्क´ भन्ने अवस्था तत्काल नरहेको र यदी कसैले भने त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै भएको कुरा बताए l जनसंख्याको बिस्फोटक आकार व्यवस्थापन गर्न, देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यात्मक स्थिति भएको कुरा बताउदै, महामन्त्री शर्माले, अहिलेको… पुरा पढौ

महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन

गण्डकी, कात्तिक १३ गते । नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटको अवलोकन गर्नुभएको छ । आज दिउँसो ४ः३० बजे पुम्दीकोट पुग्नुभएका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा महानगरपालिका २२ का वडाध्यक्ष हिमलाल बराललगायतले स्वागत गर्नुभएको थियो । महासचिव गुटेरेसले यहाँस्थित महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन एवम् फेवातालसहित पोखराको रुचिपूर्वक अवलोकन गर्नुभएको… पुरा पढौ

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय

काठमाडौँ, कात्तिक १३ गते । नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com