समाचार

हङकङबाट युवा भित्र्याउन भिसा योजना विस्तार गर्दै बेलायत

मगेन्द्र राई,बेलायत, हङकङमा सरकारविरोधी प्रदर्शनमा संलग्न युवालाई आफ्नो देशमा बसोबासका लागि भिसा योजना विस्तार गर्न बेलायतका सांसदले गृह मन्त्रालयलाई आग्रह गरेका छन्। गृह मामिला समितिका सांसदले तयार पारेको एक प्रतिवेदनअनुसार वर्तमान बीएनओ भिसा परियोजनाले हङकङमा सरकारविरोधी प्रदर्शनमा सहभागी १८(२३ वर्षका युवालाई समेट्न सकिएको छैन। जसका कारण उनीहरूले बेलायत आउने अधिकारका लागि आवेदन दिन सक्दैनन्। सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरिएपछि बीएनओ पासपोर्ट दिन बन्द गरिएका कारण उनीहरू त्यसबाट वञ्चित भएका हुन्। हङकङमा सरकारविरुद्ध आन्दोलन उत्कर्षमा पुगेपछि बेइजिङले गत वर्ष… पुरा पढौ

सर्वोच्चको फैसलालाई व्यक्तिगत जीत–हारको रुपमा नलिन देउवाको आग्रह

काठमाडौं, असार २८ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले काँग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गर्नुभएको छ । सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको सभापति देउवाले आफ्नो धारणा व्यक्त गर्नुभएको हो। सोमबार सर्वोच्च अदालतद्धारा जारी आदेश सम्बन्धमा एक विज्ञप्तिमार्फत आफ्नो प्रतिक्रिया दिनुहुदै देउवाले फैसलाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न अझ जिम्मेवार बनाएको बताउनुभएको छ… पुरा पढौ

देउवाले सानो मन्त्रिमण्डल बनाउने, भोलि सपथ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए । खाँणले बैठकमा संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद पनि दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन… पुरा पढौ

वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन : मन्त्रालय

असार २७, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आज विज्ञप्ति निकालेर खण्डन गरेको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत… पुरा पढौ

अमेरिकाले दिने १५ लाख जनालाई लगाउन पुग्ने खाेप सोमबार आइपुग्ने

आशा साह, काठमाडौं, असार २६ गते । अमेरिकाले नेपाललाई दिन लागेको जोन्सन एण्ड जोन्सनको १५ लाख जनालाई लगाउन पुग्ने काेराेना विरूद्धकाे खाेप सोमबार काठमाडौं आइपुग्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत जोन्सन एण्ड जोन्सनको १५ लाखभन्दा बढी खोप उपलब्ध गराउने आधिकारिक घोषणा गर्नुभएको थियो । यसअन्तर्गत सोमबार जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुग्ने प्रवल सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका… पुरा पढौ

राष्ट्रपति हत्यापछि हैटीले गुहार्‍यो अमेरिकी सेना

राष्ट्रपति जोभेनल मोसेको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको रक्षार्थ विदेशी सेनाको सहयोग मागेको छ । हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई यस्तो आग्रहसहित पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । यसअघि हैटीको प्रहरीले २८ जना विदेशी बन्दूकधारीहरुको समूहले राष्ट्रपतिको हत्या गरेको जनाएको थियो । यी बन्दुकधारीहरुले भाडामा झिकाइएको प्रहरीले जनाएको थियो । राजधानी पोर्ट एयु प्रिन्समा भएको गोली हानाहानपछि ती बन्दूकधारीमध्ये १७ जनालाई अहिले हिरासतमा राखिएको छ । त्यस्तै,… पुरा पढौ

अमेरिकाबाट १५ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउँदै

अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपाललाई शनिबार १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप पठाउन लागेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विकाशील देशहरूलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति बाइडेनको घोषणा अनुसार नेपालले खोप पाउन लागेको हो । यस्तै, अमेरिकाले भुटानलाई पाँच लाख डोज मोर्डेना खोप उपलब्ध गराउने भएको छ । पुरा पढौ

आइतवारदेखि सातामा ५३ ओटा अन्तरराष्ट्रिय उडान हुने, कहाँ-कहाँ थपियो ?

असार २५, काठमाडौं । सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान संख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कुल ५३ ओटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तरराष्ट्रिय उडानतर्फ उडान संख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने… पुरा पढौ

एमाले कार्यदलमा सहमति, भोलि शीर्ष नेतालाई बुझाइने

नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलमा सहमति भएको बताएको छ। विगत केही दिन यता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो। कार्यदलको बैठक शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो। बैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिए। सहमति भएको विषयमा भाषा मिलाएर शनिबारको बैठकबाट सार्वजनिक गरिने पनि बताए। जेठ २ गते गठन भएको कार्यदलले गएको सोमबारदेखि छलफल सुरु गरेको थियो। भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका… पुरा पढौ

लगातार वर्षाको सम्भावना

काठमाडौँ, असार २५ गते । यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान मौसमविद्ले गरेका छन् । मनसुन सुरु भएको एक महिना लगातार वर्षा हुँदा पनि ‘मनसुन ब्रेक’ नभएको यो वर्षको मनसुनी वर्षाले लगातार तीन महिनासम्म नै आफ्नो प्रभाव जमाउन सक्ने अनुमान मौसमविद्हरूको छ ।मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “मनसुन सुरु भएको केही समयपछि मनसुनी वर्षा ब्रेक हुनुपर्ने हो तर यस वर्ष त्यो देखिएको छैन । ” उहाँका अनुसार केही दिनका लागि वर्षा ठ्याम्मै रोकिएर आकाश खुल्ने गरेको विगतका मौसमी प्रवृत्तिले… पुरा पढौ