समाचार

साढे चार सयले लिए सगरमाथा आरोहणको अनुमति

काठमाडौं, वैशाख १३ गते। यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्। पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई/तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन्। समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब चार सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ। अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा… पुरा पढौ

विद्यालयले तोकेकै पसलबाट पुस्तक किन्न बाध्य गराएको भए उजुरी दिन हर्क साम्पाङको आह्वान

धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले नगरवासीलाई निजी विद्यालयहरूले तोकेकै पसलबाट पाठ्य पुस्तक, झोला र पोसाक किन्न बाध्य बनाएका छन् भने उजुरी दिन आह्वान गरेका छन्। नयाँ शैक्षिक सत्र सुरु भएका बेला देशका विभिन्न ठाउँमा निजी विद्यालयहरूले आफैँ पुस्तक, झोला तथा ड्रेस बेच्ने तथा यी सामग्री उनीहरूले तोकेकै पसलबाट किन्न बाध्य पारेको खबर सार्वजनिक भइरहेका बेला धरानका मेयर साम्पाङले आफ्नो नगर क्षेत्रमा पनि यस्तो बाध्यता छ भने आफूकहाँ उजुरी लिएर आउन अनुरोध गरेका हुन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्,… पुरा पढौ

अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो संसद् अधिवेशन

नारायण न्यौपाने काठमाडौं, वैशाख ५ गते। प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच सङ्घीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो रहेको प्रतिक्रिया दिनुभएको छ। सदनको अभिभावक सभामुख र सरकारको नेतृत्व प्रधानमन्त्री चयनदेखि संसद् सञ्चालन नियमावली निर्माण, संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेसजस्ता विषय संसदीय अभ्यासका हिसाबले निकै महत्वपूर्ण रहेको राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिनुभएको हो। मुलुकको शान्ति प्रक्रियासँग जोडिएको सङ्क्रमणकालीन न्यायसहित संवैधानिक परिषद्, सम्पति शुद्धीकरण, राष्ट्रिय मर्यादा कायमजस्ता… पुरा पढौ

कांग्रेसले गर्‍यो चितवन, तनहुँ र बाराका नेता तथा कार्यकर्तामाथि गरेको कारबाही फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसले बारा, चितवन र तनहुँका नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिद्वारा २०७४ र २०७९ सालका तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र पार्टीको हित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै कारबाही गरिएकाहरूको कारबाही फुकुवा गरिएको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,'२०७४ साल र २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन… पुरा पढौ

मन्त्रिपरिषद् बैठक : जग्गाको कित्ताकाट खुलाउने निर्णय

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू-उपयोग नियमावली २०७९ संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरिएको जानकारी दिइन् । पुरा पढौ

वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको… पुरा पढौ

कास्की मालपोतको घटना तत्काल छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

वैशाख ३, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छिन् । आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकपद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो । सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्नमन्त्री… पुरा पढौ

भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेशियाको क्वालालम्पुरमा सीधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सीधा उडानका लागि प्रक्रिया शुरू गरिएको छ । त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । उनले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई… पुरा पढौ

एमाले र जनमत पार्टीलाई तह नलगाएसम्म मुलुक सुरक्षित हुँदैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विखटन गर्ने नेकपा एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि घातक रहेको बताएका छन्। बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यसो भनेका हुन्। ‘आफ्नो स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै छ, यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकका लागि घातक छन्,’ उनले भने। यी दुवै दललाई परास्त… पुरा पढौ

मन्त्री मोदी अमेरिका प्रस्थान

वैशाख १ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गर्नुभएको हो । कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३ बाट मन्त्री मोदी नेतृत्वको टोली दोहा हुँदै अमेरिका पुग्नेछ । यो सत्र वैशाख ४ गतेबाट सुरु हुँदैछ । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com