समाचार

विश्वासको मत फेल गराउने र आफूहरुको नेतृत्वमा सरकार बनाउने निर्णय

विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएलगत्तै नयाँ सरकार गठनको कसरत सुरु भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ । उक्त बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राख्ने विश्वासको प्रस्ताव फेल गराउने नर्णय गरेको कांग्रेस नेता केदार कार्कीले जानकारी दिए । यस्तै बैठकले चार दलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय पनि गरेको छ । बैठकमा कांग्रेसका तर्फबाट संसदीय दलका नेता उद्दव थापा, प्रमुख सचेतक भुपेन्द्र राई,… पुरा पढौ

शशांक भन्छन् : कांग्रेस र एमाले मिलेर सरकार बनाउने सुनेँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमालेसँग नयाँ सरकार बनाउने कुरा सुनिरहेको बताएका छन्। सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कोइरालाले कांग्रेस र एमालेको सरकार बनाउने कुरा सुने पनि नेतृत्वसँग छलफल भइनसकेको खुलाए। उनले नयाँ सत्ता समीकरणबारे पार्टी सभापति शेरबहादुर देउवासँग भेटेपछि मात्रै यथार्थ थाहा हुने पनि उल्लेख गरे। कोइरालाले सभापतिमा देउवा हुन्जेल कांग्रेसबाट अरु प्रधानमन्त्री हुन नसक्ने पनि दाबी गरे। कोइरालाले कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा लड्ने पनि बताए। उनले सभापतिमा उठ्नुपहिले कार्यकर्ताहरूको आग्रह सुन्ने पनि उल्लेख गरे। नेपालखबरबाट पुरा पढौ

जसपा नभएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गर्नुभएको छ । आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गर्नुभएको हो । त्यस्तै, आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने उहाँको दाबी छ । अध्यक्ष यादवले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताउनुभयो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन कायम… पुरा पढौ

अर्बपतिहरुको लडाईः भारततिर आँखा लाउँदैछ मस्कको स्टारलिंक, अम्बानीको विरोध

अमेरिकी खर्बपति व्यापारी एलन मस्क आफ्नो स्टारलिंक सेटलाइट ब्रोडब्यान्ड भारत ल्याउन उत्सुक छन् । विश्वका सबैभन्दा धनी मस्कसामु एशियाका सबैभन्दा धनी मुकेश अम्बानी तगारो बनेका छन् । भारतीय भिमकाय दूरसञ्चार कम्पनी रिलायन्स जियो अम्बानीको कम्पनी हो । मंगलबार अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि मस्कले आफू भारतमा स्टारलिंक लञ्च गर्न अति नै इच्छुक रहेको बताएका थिए । स्टारलिंक इन्टरनेटको पहुँच नपुगेको अनि उच्च गतिको सेवा नपाइने भारतको विकट गाउँहरुका लागि अनि नै उपयोगी हुने मस्कको भनाई छ । भारत सरकारले… पुरा पढौ

पोखरामा ड्रागन बोट रेस महाेत्सव शुरु, ‘चिनियाँ पर्यटक बढाउने लक्ष्य’

पोखरा । पर्यटकीय नगरी पोखरामा 'नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस महोत्सव' शुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे । महोत्सवअन्तर्गत फेवाताल किनारमा ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल र चीनका चार-चार टोली सहभागी छन् । प्रतियोगितामा देशका सातै प्रदेश र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट… पुरा पढौ

कालोबजारी छ प्याजमा, वाणिज्यको अनुगमन कस्मेटिक र कपडामा

नवीन ढुंगाना ७ असार, काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि अहिले बजारमा प्याजको चरम मूल्यवृद्धि भइरहेको छ । १ असारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गरेर प्याज लगायतका वस्तुको उच्च मूल्यमा बिक्री गर्ने कार्य नगर्न बिक्रेताहरुलाई सचेत पनि बनायो । तर, वाणिज्यको विज्ञप्तिले न त बजारमा प्याजको आपूर्ति सहज भयो न त मूल्य नै नियन्त्रण । यस्तोमा बजार अनुगमन गरेर सहज आपूर्ति र मूल्य नियन्त्रण गर्नुपर्ने हो । तर, वाणिज्य विभाग प्याजलाई विज्ञप्तिको जिम्मा… पुरा पढौ

एमालेप्रति ह्वात्तै घट्यो कार्यकर्ताको आकर्षण, ६० प्रतिशतले गरेनन् सदस्यता नवीकरण

काठमाडौँ– तुलनात्मक रुपमा संगठित मानिने नेकपा एमालेको पार्टी सदस्यतामा उल्लेख्य कमी आएको छ। मासिक लेबी तिर्ने प्रतिबद्ध कार्यकर्ताको पार्टीको छवि बनाएको एमालेको सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य लिनेको संख्यामा झण्डै ६० प्रतिशतले कम आएको छ। गत फागुन ५ गतेदेखि ‘मिसन ग्रास रुट’ नाम दिएर संगठन सुदृढीकरण अभियान चलाएको एमाले अहिले आफूसँग कति संगठित सदस्य छन् भनेर बताउन सक्ने अवस्थामा छैन। पार्टी निकट स्रोतका अनुसार २०७८ मंसिरमा चितवनमा दशौँ महाधिवेशन गरेपछि यो जेठसम्ममा पार्टी सदस्यता नवीकरण गर्ने कार्यकर्ताको संख्या जम्मा… पुरा पढौ

सूत्रधार बाबुराम नै किन अटाएनन् समाजवादी मोर्चामा?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट बहिर्गमनमा परेपछि प्रगतिशील र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याएर समाजवादी मोर्चा बनाउनुपर्ने पक्षमा लागेका थिए पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनले मोर्चाको अवधारणाबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुलाई कन्भिन्स गराएका थिए। त्यसपछि भट्टराईले कम्युनिष्ट विचार र सिद्धान्त मान्ने दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मोर्चा निर्माणको रणनीतिबारे प्रष्ट पारे। उनले जोसँग कुरा गरे, सबै मोर्चामा रहन तयार… पुरा पढौ

भ्रष्टाचारीलाई एकैपटक जेल हाल्नुपर्छ : सभापति लामिछाने

काठमाडौं, असार २ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा हाल्नुपर्ने आफ्नो पार्टीको विचार भएको बताउनुभएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। सभापति लामिछानेले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब बनाउनेहरुलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको बताउनुभयो। उहाँले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पार्नुभयो। उहाँले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको बताउनुभयो। उहाँले… पुरा पढौ

नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमु्ख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो । समितिले आज उनको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीमाथिको छलफल… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com