समाचार

‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा सरकारको कमजोरी’
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा सरकारको कमजोरी रहेको बताएका छन् । उनले दीर्घकालीन योजना नबनाइ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएकाले अहिले अन्तर्राष्ट्रिय उडानमा समस्या भएको बताए । ‘सरकारले पूर्वाधार निर्माण गर्दा योजनावद्ध रुपमा दिर्घकालीन रुपमा सोच्नु पर्दछ, ’उनले भने,‘ विमानस्थल निर्माण गर्ने मात्र योजना बनाइयो, सञ्चालन र व्यवस्थापनमा...
एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन,सम्भावना नदेखेको हो : माधव नेपाल
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकता नगर्ने कसम खाएको होइन सम्भावना नदेखेको बताएका छन् ।‘म एकताको विपक्षमा छैन,‘उनले भने,‘ नेकपा माओवादीसँग अहिले एकता गर्ने परिवेश बनेको छैन, एमालेसँग त सम्भावना नै देखेको छैन । ’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म पार्टी एकताको कुनै सम्भावना नरहेको उनको भनाइ थियो...
गण्डकीका प्रदेश प्रमुखले गरे मुक्ति क्षेत्र र कोरला नाका अवलोकन
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाली जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गरेका छन् । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म उनी पुगेका हुन् । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट नेपालका भुुभाग निरीक्षण गरे । । त्यसअघि जोमसोममा...
लागू औषधसहित पोखरामा २ जना  जना  पक्राउ
पोखरा । पोखरामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा लागु औषध नियन्त्रण ब्युरो  कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.१२ परिवार नियोजनको कार्यालय अगाडि सवारी जाँच गर्दा  पोखरा ४ गैह्रापाटन बस्ने वर्ष २७ को डा. शास्वत कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । उनले चलाई ल्याएको  कारमा...
कुखुराको अण्डाको मूल्य वृद्धि
अण्डाको मूल्य आजदेखि लागू हुनेगरी वृ द्धी भएको छ ।  नेपाल लेयर्स कुखुरा पालक संघ अध्यक्ष विनोद पोखरेलकाअनुसार आजदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु पाँच सय, मध्यम रु चार सय ८५ र ‘एक्सएल’ रु पाँच सय १५ कायम गरिएको छ। यसअघि गत साउन मसान्तमा यही...
प्रधानमन्त्री केपी ‌ओलीको चीन भ्रमणको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। आगामी नोभेम्बर अर्थात् मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने तयारी भइरहेको हो। प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले यसको गृहकार्य गरिरहेको छ। नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले सय दिन पार गरिसकेको छ। तीन महिनाको अवधिमा भारत र...
बारामा ५५ वर्षीय पुरुषको हत्या
बारा । बारामा एक जनाको हत्या भएको छ । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी महागढीमाई नगरपालिका–१ का ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरेको बारा प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते अवस्थामा बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो ।...
अफिन गण्डकीको अध्यक्षमा कपिल पोखरेल चयन
पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको शनिबार भएको तेस्राे अधिवेशनले अध्यक्षमा कपिल पोखरेललाई सर्वसम्मत चयन  गरेको छ ।  चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्ष डाक्टर चण्डिका पण्डित (फेवासिटी हस्पिटल), सचिवमा सूर्यप्रसाद पोखरेल (कास्की मोडेल अस्पताल), कोषाध्यक्षमा चुडामणि दाहाल(नेसनल एपोलो हस्पिटल),...
पोखराको एभरेस्ट एफएमको रक्तदानमा २५१ युनिट रगत संकलन
पोखरा । पोखराको पस्र्याङमा रहेको एभरेस्ट एफएमले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २ सय ५१ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय ३ जना पुरुष र ४८ जना महिला रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए...
राजनीति
सहकारी ठगीमा दोषी देखिए जोसुकैलाई पनि कारबाही हुन्छ : ईश्वर पोखरेल
पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारीको रकम अपचलनमा दोषी देखिएका जो सुकैलाई पनि कारबाही हुने बताएका छन् । नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले एमालेकै नेता, कार्याकर्ता नै सहकारी ठगीमा दोषीदेखिए कारबाही हुने बताए । ‘ एमाले पार्टीकै नेता, कार्याकर्ता वा जोसुकनै भएपनि दोषी देखिए...