समाचार

कांग्रेस पदाधिकारी बैठक सम्पन्न,चौधौं केन्द्रीय महाधिवेशन समयमै सम्पन्न गर्ने तयारीमा केन्द्रित

काठमाडौं, साउन १ गते । नेपाली काँग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । काँग्रेस पदाधिकारी बैठकले मूलत: आशन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा निर्वाचन, विभिन्न समितिहरूकाे काम र निर्देशिकाहरूबारे छलफल भएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेसको आजको बैठकमा तीनवटा समितिसँग छलफल भएको काँग्रेस नेता लेखकले बताउनुभयो । निर्वाचन समितिले महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मको सबै अधिवेशन तथा निर्वाचन सम्पन्न गर्ने जिम्मा लिएको उहाँले बताउनुभयो । निर्वाचन निर्देशिका तयारी भइसकेको र आगामी दिनमा यसलाई कार्यान्वयन… पुरा पढौ

कांग्रेस महाधिवेशन सार्ने तयारी

सागर न्यौपाने,काठमाडौँ, सत्तारुढ दल नेपाली कांग्रेसले भदौ दोस्रो साताका लागि तय गरेको पार्टीको चौधौँ महाधिवेशन सार्ने तयारी गरेको छ। त्यसका लागि युवा नेताहरुले नै सक्रियता देखाएका छन्। महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने कांग्रेसको कार्यतालिका हो। सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार मन्त्रिमण्डल विस्तार, कोभिड र क्रियाशील सदस्यताको विषयका कारण महाधिवेशन सार्ने तयारी भएको हो।यो विषयलाई सभापति देउवाले छिट्टै बस्ने पार्टी पदाधिकारी बैठकमा प्रस्तावका रूपमा लैजाने उनी निकट एक नेताले बताए।पहिलो पटक सरकार बनेको, स्थानीय निर्वाचनको लागि केन्द्रित… पुरा पढौ

पोखराबाट ठूलो परिणाममा लागूऔषधसहित एक व्यक्ति पक्राउ

पोखराबाट ठुलो परिणामको लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा –१ बगरबाट ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बगर बस्ने वर्ष ४९ को अर्जुनकुमार गुरुङ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । पोखरा महानगरपालिका ९ बस्ने अर्जुनकुमार गुरुङलाई हिजो बेलुका साँझ ७ बजे बगरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबिच भेटघाट

काठमाडाैं, असार ३१ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दै नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुन: जाहेर गर्नुभएकाे दूताबासले जनाएकाे छ । पुरा पढौ

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौँ, असार ३१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । पुरा पढौ

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएको सिसिएमसीले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए । रासस पुरा पढौ

राष्ट्रपतिको भूमिकामाथि प्रश्नै–प्रश्न, याेग्य नभएकाले महाअभियाेग लगाउनुपर्ने बहस

दिपेन्द्र अधिकारी,काठमाडौं । संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको नियुक्ति पत्र पुनः सच्याउन बाध्य भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको नियतमा खोट त देखियो नै, फेरि एक पटक आलोचना पनि भयो । पटक–पटक नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको आरोप खेप्दै आउनुभएकी भण्डारीको शैली नसच्चिँदा उहाँमाथि नैतिकताको गम्भीर प्रश्न खडा मात्र भएको छैन, राष्ट्राध्यक्षमाथि महाअभियोगको बहस समेत बाक्लिन थालेको छ । सन्तुलित व्यवहार देखाउँदै राष्ट्र र संविधानको संरक्षक बन्नुपर्ने दायित्व राष्ट्रपति विद्यादेवी भण्डारीमा छ… पुरा पढौ

सार्वजनिक सवारी साधनको भाडा २८% सम्म वृद्धि

असार ३०, काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको… पुरा पढौ

प्रधानमन्त्रीमा देउवासँँगै चार मन्त्रीले लिए शपथ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् । त्यस्तै चार मन्त्रीलाई आजै शपथ छन् । नेपाली कांग्रेसका दुई र माओवादीका दुई गरी चार मन्त्रीलाई खुवाएका हुन् । कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाँडले शपथ लिएका छन् । गृहमन्त्री बालकृष्ण खाँण बन्नका छन् । कार्की… पुरा पढौ

नेपाललाई जापानद्वारा १६ लाख डोज खोप उपलब्ध गराउने घाेषणा

काठमाडौं, असार २९ गते । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । नेपालस्थित जापानी दूतावासद्वार विज्ञप्ति मर्फत साे कुराकाे जानकारी गराइएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशवासीका नाममा सम्बाेधन गर्नु हुँदै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएकाे छ । उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डकाे पहिलाे मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुनेछ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ… पुरा पढौ