समाचार

कोशी सरकारको प्रवक्तामा सुनुवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकारको प्रवक्ताको जिम्मेवारी प्रदिप सुनुवारलाई दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विना विभागीय मन्त्री सुनुवारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रिपरिषद विस्तार छिट्टै हुने बताए । त्यसका लागि सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको उनको भनाइ छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । निजामती ऐन परिमार्जनको प्रक्रिया अघि बढाउने निर्णय पनि भएको… पुरा पढौ

कांग्रेसको दबाबका कारण राजदूत नियुक्तिमा प्रधानमन्त्रीलाई कठिनाइ

सरकारमा नेपाली कांग्रेसको सहभागितासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राजदूत नियुक्तिमा नाजायज दबाब झेल्न बाध्य भएका छन्। न्युयोर्कजस्तो महत्वपूर्ण नियोगमा राजदूतको राजनीतिक नियुक्ति गर्न नेपाली कांग्रेसले दिएको दबाबका कारण पद सम्हालेको सात महिना बितिसक्दा समेत प्रधानमन्त्री प्रचण्डले राजदूत नियुक्त गर्न नसकेका हुन्। न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयको नियोगबाट अघिल्लो हप्ता अमृतबहादुर राई फर्केसँगै राजदूत खाली रहेका नियोग (दूतावास) हरुको संख्या ७ पुगेको छ। यसैगरी जेनेभा (स्विट्जरल्यान्ड) स्थित नियोगका मणि भट्टराई र पेरिस (फ्रान्स) स्थित नेपाली राजदूत दीपक अधिकारी पनि काठमाडौँ फर्किसकेका छन्। यसबाहेक… पुरा पढौ

सर्वोच्चको तारेख बुझ्दै बालेन्द्रले भने- प्रधानमन्त्रीलाई छुट मिल्यो, म अपराधी भएँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्। सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि उल्लेख गरेका छन्। ‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उनले लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी।’ यसअघि मेयर शाहविरुद्ध परेको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको थियो। मेयर शाहविरुद्ध परेको रिटको… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न जजिरा एयरवेजको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न जजिर एयरवेजले चासो दिएको छ। जजिरा एयरवेजका काठमाडौं स्टेसन प्रमुखसहितको टोलीले बिहीबार पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम लगायतसँग भेटेर पोखराबाट उडान भर्न चासो दिएको हो। ‘जजिरा एयरवेजको टोलीले पोखराबाट मध्यपूर्वी देशमा उडान भर्न सकिन्छ कि सकिँदैन भनेर बजारको अध्ययन गरिरहेको छ,’ गौतमले भने, ‘हामीले पोखराबाट मध्यपूर्व उडान गर्न सकिने आधार दिएका छौं।’ नेपाल पर्यटन बोर्डका अनुसार नेपाल आउने कुल विदेशी पर्यटकको ४० प्रतिशत पोखरा आउने गरेकाले पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव हुने गौतमले बताए। जजिरा एयरवेजको… पुरा पढौ

बजारमा नेपाली आँपकै एकछत्र राज, उत्पादन पनि बर्सेनि बढ्दो

काठमाडौं । फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप विक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले यसको मूल्य उकालो लाग्दै छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप विक्री भएको छ । गत वर्ष यही समयमा आँपको थोक मूल्य ८० देखि ९०… पुरा पढौ

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर, असार २१ गते। प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका गठबन्धन दलको तर्फबाट दाबी प्रस्तुत गरे लगत्तै प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। प्रदेश प्रमुखले नियुक्ति पत्रमा ‘संविधानको धारा १६८(२) बमोजिम तपाईँलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई सहित कार्यकाल सफलताको कामना गर्दछु,’ उल्लेख छ। मुख्यमन्त्री थापा विक्रम संवत् २०१४ मङ्सिर १५ गते जन्मनुभएको हो । झापाको अर्जुनधारा… पुरा पढौ

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बुधवार मध्यान्ह कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा बसेको ‘बिग फाइभ’ पदाधिकारीको बैठकले असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने बताए । कांग्रेसले करिब एक वर्षपछि बैठक बोलाएको छ । आज सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच भएको छलफलले भोलि बोलाइएको जिल्ला सभापतिको भेलाको एजेण्डा तय गरेका छ । पराजुलीका अनुसार पार्टीको सांगठनिक… पुरा पढौ

नेपालमा १० महिनामा १५ हजारले गराए व्यवसाय बन्द

पछिल्लो १० महिनामा १५ हजार बढी व्यवसायीले आफ्नो व्यवसाय आधिकारीक रुपमा बन्द गराएका छन्। १५ हजार ७ सय १६ जनाले आधिकारीक रुपमा व्यवसायिक स्थायी लेखा नम्बर बन्द गराएका हुन्। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा १ लाख २३ हजार ७ सय ६० जना व्यवसयी थपिएका छन्। अर्थात् उनीहरुले आधिकारीक रुपमा व्यवसाय थप गरेको हुन्। असार मसान्तसम्म कुल स्थायी नम्बर लिनेको व्यवसायीको संख्या १७ लाख ६२ हजार ४ सय २३ रहेकोमा अहिले १८ लाख ७० हजार ४ सय ५७… पुरा पढौ

जनमत पार्टीलाई सरकारमा ल्याउने सत्ता गठबन्धनको निर्णय, व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई

सत्तारुढ गठबन्धनले बजेटमा असन्तुष्टि जनाएर सरकारको समर्थन फिर्ता लिने तयारीमा रहेको जनमत पार्टीलाई पुनः सहभागी गराउने निर्णय गरेको छ। सोमबार प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बजेटकै कारण असन्तुष्टि बनेको जनमतलाई सरकारमै ल्याउने निश्कर्ष निकालेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष सीके राउतसँगको आइतबारको भेटबारे ब्रिफिङ गरेको लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले नेपालखबरलाई जानकारी दिए। ‘सरकारमा आउन उहाँले इच्छा जाहेर गर्नुको प्रधानमन्त्रीले बताउनुभयो, हिजो पनि सरकारलाई सहयोग गरेकै हो, अहिले बजेटप्रति मात्र असन्तुष्ट हुनुभएको हो। तर,… पुरा पढौ

गगनको घोषणा- कांग्रेस बदल्न महामन्त्री पद त्याग्न तयार छु

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्। एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए। नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरे। उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com