समाचार

महिला विश्वकप क्रिकेट छनोटमा  नेपालले आज युएईविरुद्व खेल्ने
काठमाडौं ।  यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज  युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्दैछ । नेपालको यो  तेस्रो खेल हो । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो ।   बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्दा  ६७ रनको फराकिलो अन्तरले जितेको थियो ।...
 गण्डकी र कोशीका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
पोखरा ।  देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव  छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं ।  विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु...
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय दौड सुरु, ६४ चिनिया धावकसहित १२ सय भन्दा बढी सहभागी
पोखरा । पर्यटनको राजधानी पोखरामा भर्खर अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौड सुरु भएको छ ।  लेकसाइडस्थित वाराहीघाटबाट दौड  सुरु भएको हो । नेपाल सरकारका पर्यटन मन्त्री बद्री पाण्डे र चिनिया राजदूत च्याङ छेङले दौडलाई शुभारम्भ गरेका हुन् । ६४ चिनिया धावकसहित १२ सय बढी धावक दौडमा सहभागी भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए...
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दै
काठमाण्डौ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज  पूर्वान्ह सवा ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् । नेपालले पर्सि शनिवार यूएईसँग,...
सरकारलाई सघाउन एमाले र कांग्रेसले बनाए समन्वय संयन्त्र
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय  समन्वय संयन्त्र बनाएका छन् । संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र...
बागलुङमा बस दुर्घटनामा हुँदा २१ जना घाइते
बागलुङ । बागलुङको निसीखोलामा आज बस दुर्घटना भएको छ । रुकुमबाट काठमाडौं आउदै गरेको बस निसीखोला–६ जाउलेपानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । ना. ८ ख. ८४१४ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनमा ४ जना गम्भीर र १७ जना सामान्य घाइते भएको बागलुङ प्रहरीले जानकारी दिएको छ । बसमा ४० जना सवार...
अरब मरुभूमिमा पहिलोपल्ट हिमपात
इतिहासमै पहिलो पटक साउदी अरेबियामा भारी वर्षा र हिमपात भएको छ। साउदी अरेबियाको अल–जाफ मरुभूमिमा पहिलोपटक हिमपात भएको हो। त्यहाँ भएको यो अनौठो मौसमी घटनाले सबैलाई आश्चर्यचकित पारेको छ। हिमपातपछि अल–जाफ मरुभूमि चिसो भूमिमा परिणत भएको त्यहाँका समाचारमाध्यमले जनाएका छन्। गत सातादेखि नै साउदी अरेबियाले असामान्य मौसमको सामना गरिरहेको थियो। अघिल्लो बुधबार अल–जाफका केही भागमा...
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
चितवन ।  बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ ।  काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दशैंँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका...
ज्यान मार्ने उद्योगमा दोषी ठहर दीपक मनाङेको सांसद पद के हुन्छ ?
पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पाटन अदालतले गरेको फैसलालाई सदर गरेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । मनाङेको समूहले...