समाचार

पिएमको चीन भ्रमणमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणकाे एजेन्डा समावेश गर्न प्रस्ताव
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डालाई समावेश गर्न गण्डकी प्रदेश सरकारले संघ सरकारसँग प्रस्ताव गरेको छ । क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल पोखरामा निर्माण गर्ने एजेन्डा समावेश गर्न प्रस्ताव गरिएको हो । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को...
पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेनाको एक टुकडीले ढुंगानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरुले दागबत्ती दिए । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ७९ वर्षको उमेरमा आइतबार...
यु–१९ विश्वकपमा छानिएकी रचना र अग्रज क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
पोखरा । पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दीपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनोट हुन सफल रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई पोखराको क्रिकेट विकासमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।...
पोखरा पालिखेचोकको प्रतिभा माविमा विज्ञान प्रदर्शनी
पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा विज्ञान प्रदर्शनी  गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोजसहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोविन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा...
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
पोखरा ।  गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो ।...
आर्थिक गतिविधि सुस्ताउनुमा राष्ट्र बैंकको मौद्रिक नीति दोषी : पूर्वगभर्नर नेपाल
पोखरा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्,...
स्थानीय तह उपनिर्वाचनमा ४ सय ७ जनाको उम्मेदवारी, आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा अन्तर्गत हिजाे विभिन्न ४२ पदका लागि चार सय सात जनाले उम्मेदवारी दर्ता गरेका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको...
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाडौं । हिजो निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने छ । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका विशिष्ट व्यक्तित्व...
अस्थिर राजनीति समृद्धिको वाधक : सञ्चारमन्त्री गुरुङ
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले—एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको बताएका छन् । अस्थिर राजनीति नै समृद्धिको वाधक भएकाले राजनीतिक स्थायित्व दिनका लागि एमाले र कांग्रेसले सत्ता सहकार्य गरेको बताए । लमजुङ सुन्दरबजार नगरपालिका–५ गहतेमा आज गहते कालिका मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...
मैत्रीपूर्ण फुटबलमा नेपालसँग अफगानिस्तान पराजित
काठमाण्डौं ।  नेपालले मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २—० गाेलले पराजित गरेको हो । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न...