समाचार

देशको विकास एमालेले मात्र गर्न सक्छ : अध्यक्ष ओली

मंगलसेन, मंसिर १६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । समृद्धिसहितको सङ्कल्प पदयात्राको क्रममा अछाम सदरमुकाम मङ्गलसेनमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । वर्तमान सरकारले देशको विकास र सुशासनमा कुनै काम नगरेको उहाँले टिप्पणी गर्नुभयो । नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार भएमात्रै जनताले विकास पाउने दाबी उहाँले गर्नुभयो ।… पुरा पढौ

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउन रास्वपामा छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बसिरहेको छ। सोमबार सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको पनि सहभागिता छ। बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक तथा अनुशासनसम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको छ। सांसदहरूले आफ्नो कार्यविवरण प्रस्तुत गरेका छन्। बैठकले संसदमा पार्टीले खेलेको भूमिकाबारे पनि समीक्षा गरी समग्रमा आगामी रणनीति र महाधिवेशनलगायत विषयको निर्क्योल गर्ने भनिएको छ। मधेस प्रदेशमा संगठन विस्तार यस बैठकको अर्को लक्ष्य रहेको छ। यही बीचमा रास्वपाले बारा, रौतहट… पुरा पढौ

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र नआउने बताएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताए। सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन।’   सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सभापति देउवाले संघीय लोकतान्त्रिक… पुरा पढौ

भारत र चीनका नागरिकलाई मलेसिया जान भिसा नचाहिने

नयाँ दिल्ली । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारतीय नागरिकहरू डिसेम्बर १ देखि बिना भिसा मलेसिया आउन र ३० दिनसम्म बस्न सक्ने घोषणा गरेका छन् । आइतबार पीपल्स जस्टिस पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै अनवरले यस्तो घोषणा गरेका हुन् । मलेसियाका प्रधानमन्त्रीले भारतीयका लागि भिसामुक्त प्रवेश सुविधा कहिलेसम्म कायम रहने बताएनन् । भारतसँगै अनवरले चिनियाँ नागरिकलाई पनि भिसा फ्री प्रवेश सुविधा दिने घोषणा गरेका छन् । चीन र भारत मलेसियाका चौथो र पाँचौँ ठुला व्यापारिक साझेदार हुन् । मलेसिया सरकारको तथ्यांकअनुसार यस… पुरा पढौ

नेपालबाट चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

चार महिनाको अवधिमा नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । नेपाली चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ । पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चिया लोकप्रिय बन्दै आएको छ । आन्तरिक बजारमा नेपाली चियाको खपत न्यून मात्रामा हुने गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा… पुरा पढौ

अमेरिकामा मृत्यु भएका नेपालीका परिवारले पाए इन्स्योरेन्सको ३ करोड ३३ लाख

अमेरिकाको न्यूजर्सी राज्यमा ज्यान गुमाएका नेपाली विष्णु शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम उपलव्ध गराईएको छ । टेक्सास नेपाली समाजका उपाध्यक्ष तथा न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीका वित्तीय इन्स्योरेन्स एजेन्ट जनक भण्डारीले मृतक शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम हस्तान्तरण गरिएको जानकारी दिए । विष्णु शाहको निधनपछि उनको इन्स्योरेन्स भएको कम्पनी न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीले त्यसबापत २ लाख ५६ हजार ५ सय ६२ अमेरिकी डलर (तीन करोड तेत्तीस लाख बराबरको नेपाली रुपैयाँ) नेपालमा रहेका उनको परिवारलाई उपलब्ध गराइएको हो । रुकुम पूर्वको सिस्ने… पुरा पढौ

काठमाडौं महानगरका उपप्रमुख डङ्गोल अष्ट्रेलिया प्रस्थान

काठमाडौं, मङ्सिर ८ गते । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । उपप्रमुख डङ्गोलकी सचिवालय प्रमुख सौरभ गौतमका अनुसार अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलिया दूतावासबाट २०८० वैशाख १८ गते प्राप्त निमन्त्रणामा सिंगापुर एयरलायन्सको (एसक्यु ४३९) को विमानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँले अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका खनिज तथा उर्जा, कृषि, पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नवीकरणीय उर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन भ्रमण गर्ने तथा… पुरा पढौ

सर्वोच्चले माग्यो काठमाडौँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण

काठमाडौँ , सर्वोच्च अदालतले सरकारसँग काठमाडौँका विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश जारी गरेको हो। सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने हो? भन्दै जवाफ मागेको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत मंसिर ५ गते माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो। सो घोषणाविरुद्ध अभिवक्ता स्वागत नेपालले सर्वोच्चमा रिट दायर गरेका थिए। उनले स्थानीय प्रशासनको निर्णय रोक्न भन्दै अन्तरिम आदेश हुनुपर्ने माग… पुरा पढौ

जनताद्वारा फ्याँकिएको राजतन्त्र आउँदैन : अध्यक्ष ओली

काठमाडौं, मंसिर ८ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले वाक्कदिक्क भएर फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र उपयुक्त नरहेको उहाँले बताउनुभयो । एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुने कुरा चेतना नभएका मुर्खहरुले मात्र गर्ने… पुरा पढौ

हरिबोधिनी एकादशी पर्व : तुलसी र दामोदरको विवाह गरी मनाइयो

काठमाडौँ । औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग विवाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा आराधना गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझिने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com