समाचार

स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
पोखरा । स्वरुप परिवर्तन गरिएका २३ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सवारी साधन जाँच गर्दा अवस्था ठिक नरहेका र चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाएको छ । कसैले...
बालिकालाई याैन कार्यमा लगाउने ३ जना पोखरामा पक्राउ
पोखरा । बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा  कास्की प्रहरीले  ३ युवतीलाई पक्राउ गरेको छ । होटलका कोठामा ४ जना बालिकालाई  राखेर यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले गोरखाको पालुङ्टार नगरपािलका वडा नं.४ स्थायी घर भई हाल लेकसाइड बस्ने  वर्ष १९की  ममता...
गरिमाको १८ औं वार्षिकोत्सव,
गरिमाले पोखरामा गरेको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन
पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालयमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ । बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातातालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।...
पोखरा २८ मा सामाजिक सुरक्षा र जीविकोपार्जन अभ्यास कार्यशाला
पोखरा । शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा नं २८ मा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक कार्यशाला भएको छ । वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशीला नेपालीले जानकारी दिइन् । कार्यक्रमको प्रभावकारिता अभिवृद्धि...
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
काठमाडौं । मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेको छ ।  आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको हो । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रुपमा जानकारी पाउने व्यवस्था गर्न भनेको हो...
बडातिहारका लागि खर्च जुटाउन राउटे पोखरामा
पोखरा । खर्च जुटाउन सुर्खेतबाट राउटे समुदाय पोखरा आएका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोलीले हिजो पोखरा आएको हो । राउटे समुदायको मंसिर ११ र १२ मा परेको मुख्य पर्व बडातिहारको लागि खर्च जुटाउन पोखरा आएको मुखिया शेरबहादुरले सुनाए । उनीहरुले गण्डकीका मन्त्रालय र पोखरा महानगर पालिकामा सहयोग मागेका...
काठमाडौं दरबारमार्गमा आज एमालेको जागरण सभा, १ लाख सहभागी हुने एमालेको दाबी
काठमाडौं ।  नेकपा (एमाले)ले आज  काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दैछ । सभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरु सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभा बिहान ११ बजे भद्रकालीबाट र्‍याली सुरु हुनेछ । भद्रकालीबाट सुरु भएको र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।...
पृथ्वी राजमार्गको मुग्लिन– पोखरा सडकको पूर्वी खण्डमा ६८ प्रतिशत काम पूरा
तनहुँ ।  पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डमा कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ...
गण्डकीसहित देशभर आज मौसम सफा रहने
पोखरा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गण्डकी, कोशी, बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...
लोक संगीतका शिखर व्यक्तित्व झलकमानको आज स्मृति दिवस
पोखरा । नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वको आज स्मृति दिवस । उनको ६८ वर्षको उमेरमा २०६० मंसिर ६ गते काठमाडौमा निधन भएको थियो । पर्यटनको राजधानी सहर पोखरास्थित बाटुलेचौरको एउटा विपन्न गरिब गन्धर्व परिवारमा विसं. १९९२ साल वैशाख १२ गते उनको जन्म भएको हो । ९ वर्षको बाल्यकालदेखि नै सारंगी बजाउन जानिसकेका झलकमान...