समाचार

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख ७२ हजार ८९२ डोज लगाइयो कोरोनाविरुद्धको खोप

असार २३, बाल्टिमोर (अमेरिका) । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार… पुरा पढौ

नेपालमा अझै तीन दिन वर्षा हुने

असार २२ गते । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र बाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा बदली छ । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली… पुरा पढौ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते हुने

काठमाडौं, आसार २१ गते । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते सुनाउन सक्ने सम्भावना छ । आज सबै पक्षको सुनुवाइ सम्पन्न भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दा हेर्दैमा राख्ने र अर्काे सुनुवाइ असार २८ गते गरिने बताउनुभयाे । यसअघिकाे विघटनकाे मुद्दामा बहस सकिएपछि साे मुद्दालाइ हेर्दा हेर्दैमा राखिएकाे र त्यसपछिकाे पेशीमा फैसला आएकाे थियाे । पुरा पढौ

काठमाडौंमा निषेधाज्ञा ३१ गतेसम्म थप, माइक्रो र टेम्पो चलाउन पाइने,जोरबिजोर हट्यो

असार २० गते । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै माइक्रो बस र टेम्पो चलाउन दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बैठकले सार्वजनिक यातायात जोरबिजोर नियम हटाउने निर्णय गरेको बताउनुभयो । यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो चलन पाउने… पुरा पढौ

एउटा मात्र खोपले कोभिडबाट ९२ प्रतिशत सुरक्षा हुने, दुवै डोज लगाउँदा ९८ प्रतिशत सुरक्षा

कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृत्युबाट बचाउने देखिएको हो । भारतीय सरकारको… पुरा पढौ

महामारीको समयमा कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन

असार १९, वाशिङ्टन । कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभब गरेको एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी बीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र बिश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’ मा प्रकाशित रिपोर्टमा उल्लेख छ । स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव गरेको सबैभन्दा असामान्य मृत्यु र मृत्युको क्षति र शोक प्रतिक्रियाहरू पहिचान गर्नका लागि यस अध्ययनको उद्देश्य रहेको सेन्ट जुड चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्चका सामाजिक… पुरा पढौ

भारतमा बनेको कोभिसिल्ड खोप लगाएकाहरूलाई युरोप प्रवेशमा रोक

कोरोना खोप लगाएकालाई यात्रा अनुमति दिने तयारी गरेको युरोपेली संघले भारतमा उत्पादित कोभिसिल्ड लगाएकालाई भने प्रतिबन्ध लगाउने भएको छ । युरोपेली संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा उत्पादित कोभिसिल्ड लगायतका केही खोप लगाएकालाई विश्वास गर्न नसकिने जनाएको हो । युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ । अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकालाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिइने र यसो भएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण फैलन कम हुने उनीहरूको… पुरा पढौ

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० सम्म काठमाडौंमा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति तय गरेको छ । कोरोनाभाइरसका कारण देखाउँदै यसअघि महाधिवेशन स्थगित हुँदै आएकोमा शनिबार नयाँ मिति तय गरिएको हो ।शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कात्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।त्यसका लागि वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय भएको छ भने सक्रिय सदस्यता वितरण भाद्र मसान्त सम्म सक्ने तय गरिएको छ ।यसैगरी सक्रिय सदस्यको अन्तिम… पुरा पढौ

नेपालको ब्रिफिङ : ओलीसँग मिल्नु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग एकता सम्भव नहुने बताएका छन् । ललितपुरको बालकुमारीमा शनिबार बिहान आफूनिकट सांसदहरूसँग छलफल गर्दै उनले ओलीसँग एकता गर्नु भनेको आफ्नै मृत्यु स्वीकार गर्नुसरह भएको बताएका हुन्। यसैकारण यही अवस्थामा ओलीसँग कुनै हालतमा एकता सम्भव नरहेको उनले बताए। नेता नेपालले पछिल्लो समय कार्यदलले गरेका सहमतिबाट समेत ओली पछि हटेकाले आफूलाई उनीसँग कुरा गर्नसमेत मन नलागेको बताए।‘ओलीजीले हामीलाई झुक्याइरहनुभएको छ, तैपनि हाम्रा साथीहरू उहाँ सहमतिमा आउनुहुन्छ कि भनेर पछि लाग्नुभएको… पुरा पढौ

शंकरको सत्ता संकटमा, २७ गतेअघि नै सरकार फेर्ने विपक्षीको प्रयास

सागर न्यौपाने,काठमाडौँ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता संकटमा परेको छ। जनता समाजवादी पार्टी (जसपा) बाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले राजीनामा दिँदै सरकारलाई आफ्नो समर्थन नरहेको बताएकी छन्। यससँगै मुख्यमन्त्री पोखरेलले बहुमत गुमाएका हुन्।मुख्यमन्त्री पोखरेलले वैशाख १९ गते प्रदेश प्रमुख धर्मनाथ यादवबाट दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका थिए। कांग्रेससहित चार दलीय विपक्षी गठबन्धनको धर्नाका बाबजुद पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा ल्याएर शपथ लिएका थिए। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८३ सदस्य मात्र छन्। तीमध्ये ४२ सांसदको समर्थन आफूलाई रहेको… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com