समाचार

पोखरा विमानस्थल निर्माणसँगै साहसिक खेल प्याराग्लाइडिङको चिन्ता

पोखरा, साउन २७ गते । पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ । पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको पनि विशेष रोजाइमा प¥यो । सायद महिनौँदेखि घरमै थुनिएर बस्नुपरेका नेपालीहरु बन्दाबन्दी खकुलो भएसँगै राम्रोसँग रमाउन चाहेर पनि हुनसक्छ, पोखरा आएका धेरैले प्लाराग्लाइडिङ नै रोजेका थिए… पुरा पढौ

ऊर्जामन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, साउन २५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । अमेरिका मानव विकास संशाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उहाँले… पुरा पढौ

चैतसम्ममा सबैलाई निःशुल्क खोप,यस्ता छन् गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रम

भीष्मराज ओझा। सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलहरूले सहमति गरी साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र… पुरा पढौ

पत्रकार महासंघ अध्यक्ष पोखरेलसँग ड्यालसबासीको अन्तरकृया

ड्यालस,अमेरिका । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई रमाइलोका रुपमा गर्ने पद्धती विकास भइरहेकोमा त्यसलाई पत्रकारहरुनै निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार नेपाल अमेरिका पत्रकार संघ ९नेजा० ले ड्यालसको अर्भिंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले पछिल्लो समयमा युटूब सञ्चारको नयाँ माध्यमका रुपमा अघि आइरहेकोले त्यसलाई रमाइलोका रुपमा मात्र नहेरि गंभीर हुनुपर्ने बताएका हुन् । ुयुटुबलाई बन्द गराउने भन्ने त भएन, तर आचार संहिता बनाएर, नियमन गरेर व्यबस्थित गर्न सकिन्छ भन्नेमा पत्रकार महासंघ विश्वस्त छु पोखरेलले भने । गैर आवासीय… पुरा पढौ

काँग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक, निर्वाचन निर्देशिका प्रस्तुत गरिने

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितीको बैठक आउदो २८ गते बस्दैछ । काँग्रेसको आगामी बस्ने केन्द्रीय कार्य समितीको बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने काँग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो । बैठक ललितपुस्थित काँग्रेसको पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा दिउँसो २ बजे बस्ने जनाएको छ । पुरा पढौ

जापानबाट शनिबार ८ लाख ४० हजार डोज खोप आउने

जापानले अनुदान दिएको कोभिड–१९ विरुद्धको ८ लाख ४० हजार डोज खोप शनिबारसम्म नेपाल आइपुग्ने भएको छ। काठमाडौंस्थित जापानी दूतावासले बिहीबार र शुक्रबार दुई खेपमा कोभिड–१९ को खोप बोकेको जहाज काठमाडाैंका लागि उड्ने जनाएको छ। दूतावासले जापानमै उत्पादन भएको अस्ट्राजेनेका खोपको पहिलो खेप शुक्रबार नेपाल आइपुग्ने जनाएको छ। जापानमा उत्पादन गरिएको अस्ट्राजेनेकाको १६ लाख डोज मध्य करिब आधा शुक्रबार र शनिबार गरेर दुई खेप नेपाल ल्याइने छ। बाँकी आधा पछि आउने नेपालस्थित जापानी दूतावासले जनाएको छ। ‘बाँकी खोप सम्बन्धित संस्थाहरूसँग समन्वयमा… पुरा पढौ

भदौ पहिलो साताबाट स्थानीय अधिवेशन

काठमाडौँ । नेपाली काँग्रेसले देशभरका सबै जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिएर भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ । पार्टीको शीर्ष नेतृत्वले बिहीबारसम्ममा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने बताइएको छ ।सदस्यता टुङ्गो लागेपछि स्थानीय तह अधिवेशनको कार्यतालिका सार्वजनिक गरिने भएको छ । महाधिवेशन तयारीबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनको मतदाता रहेका क्रियाशील सदस्यताको विवाद मिलेपछि अधिवेशन सम्पन्न गर्न सहज हुने बताउनुभयो । यसअघि बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विवाद… पुरा पढौ

वासिङ्टन र बेइजिङलाई सन्तुलनमा राख्न देउवाले चतुर्‍याइँ पुर्‍याउलान्?

अमित रञ्जन,भारतको दुई दिने भ्रमण सुरु गर्दै गर्दा २७ जुलाईका दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरे। कुराकानीमा ब्लिन्केन र देउवाले अमेरिका–नेपाल साझेदारीको महत्वमाथि जोड दिए। कोभिड–१९ महामारी रोकथामका लागि अमेरिकाले नेपाललाई अनुदान दिएको १५ लाख डोज खोपबारे पनि छलफल भयो। अमेरिकाले जुलाईमा कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई १५ लाख डोज जोनसन एन्ड जोनसन खोप उपलब्ध गराएको थियो। कोभिड–१९ को खोप सबै मुलुकलाई समतामूलक ढंगले वितरण गर्ने उदेश्यका साथ कोभ्याक्स पहल सुरु भएको हो। जसको नेतृत्व गाभी,… पुरा पढौ

सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौं, साउन १९ गते । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो ।मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको जानकारी दिनुभएको हो । यसैगरी सरकारले रेल विभागका महानिर्देशक गुरुप्रसाद भट्टराईसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कानुन मन्त्री कार्कीका अनुसार रेल विभागका महानिर्देशक भट्टराईले आचरण विपरित कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने… पुरा पढौ

कक्षा १२ को परीक्षा स्थगित भएको छैन,तोकिएकै मितिमा हुन्छः परीक्षा बोर्ड

काठमाडौं, साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताउनु भएको छ । बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत उहाँले बताउनुभयो । साउन ३१ गते देखि जनस्वास्थ्यका मापदण्ड पालना गरि परीक्षा सम्पन्न हुने भएकोले सवै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गर्नुभयो । परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उहाँले स्पष्ट पार्नुभयो । गत… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com