समाचार

विद्यालय स्तरीय छात्रछात्रा भलिबलको उपाधि गुरुकुल र करुणानीधिलाई
पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा छात्रतर्फको उपाधि गुरुकुल विद्या सदन र छात्रातर्फको उपाधि करुणानीधि एजुकेसन फाउन्डेसन (केफ) माध्यामिक विद्यालयले जितेको छ । प्रतियोगितामा छात्रतर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउन्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । उपाधिसँगै गुरुकुलले...
वाराही मावि वार्षिकोत्सव
पोखरामा भएको क्लस्टर स्तरीय फुटबलको  उपाधि कालिकालाई
पोखरा । वाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको...
संरक्षित बन्यजन्तु घोरलको सिङसहित एक विदेशी नागरिक पक्राउ
पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट संरक्षित बन्यजन्तु घोरलको सिङसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक २१ वर्षिय पीलीप जील्को भीस्कीको निलो झोला चेकजाँच गर्ने क्रममा संरक्षित बन्यजन्तु घोरलको सिङ फेला पारेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । घोरलको सिङसहित...
प्राइम सहकारीको रकम अपचलनमा एक जना कारागार चलान
पोखरा । सहकारी ठगी प्रकारणमा पक्राउ परेका तनहुँ व्यास नगरपालिका वडा नं. १० बस्ने ५६ वर्षका शंकरनारायण श्रेष्ठ जेल चलान भएका हुन् । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा उनीकारागार चलान भएका हुन् । अदालतले आज ५० लाख धरौटी माग गरेकोमा उक्त रकम...
अपांग महिला सशक्तीकरण केन्द्रको प्रदेश सरकारसँग ६ बुँदे माग
पोखरा । अपांग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे माग पत्र बुझाएका छन् । केन्द्रको टोलीले आइतबार मन्त्रालय प्रा‌ंगणमा मन्त्री केसीलाई अपाङ्गता भएकाहरुका लागि गरिनुपर्ने ६ वटा विषय समेटेर पत्र बुझाएका हुन् । केन्द्रकी अध्यक्ष अन्जना केसीले हस्ताक्षर गरेको पत्रमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त...
पोखराको सिर्जना माविमा पुरस्कार वितरण
पोखरा । पोखराको सिर्जनाचोकस्थित शान्तिमार्गमा रहेको सिर्जना माविले पुरस्कार वितरण कार्यक्रम गरेको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरू लगायत अनुशासन, सरसफाइमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । मङ्सिर ९ गते आइतबारका दिन २०८१ साल...
प्रेम–शान्ति आख्यान सम्मान तथा पुरस्कारबाट साहित्यकार समीपलाई सम्मान गरिने
पोखरा । साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली साहित्यको उन्नयनमा विशेष योगदानपुर्‍याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आएका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन् । हालसम्म उनको भूगोलभित्र नकोरिएको देश...
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्देशन
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य...
पोखरा–मुग्लिन सडक
पश्चिम खण्डमा सडक विस्तार ३ वर्षमा ३२ प्रतिशत मात्रै काम, एक वर्ष म्याद थपको माग
पोखरा । पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक अन्तर्गत पश्चिमतर्फ पोखरा— जामुने खण्डमा सडक विस्तारको काम निकै सुस्त देखिएको छ । काम सुरु भएको तीन वर्षमा जम्मा ३२ प्रतिशत मात्रै काम भएको छ । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको हो । ठेक्काको म्याद सकिएपछि थपिएको १ सय दिन पनि सकिँदै छ । मंसिर २०...
रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेलाई १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई १५ दिन हिरासतमा राख्द्यन अनुमति दिएको हो । लामिछानेलाई कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध...