अन्तर्राष्ट्रिय

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो सङ्ख्या ८१ दिन पछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा… पुरा पढौ

चीनमा एक अर्ब बढीलाई कोरोनाको खोप, ३ देखि १७ वर्षकालाई पनि खोप दिने योजना

एजेन्सी । चीनले देशभर कोरोना (कोभिड–१९) विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरू क्लिनिकल परीक्षणमा रहेका छन् । त्यसमध्ये चार किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने तीन किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । चीनमा सञ्चालित खोप… पुरा पढौ

लोकप्रियता बढेसँगै टिकटकको मातृ कम्पनी बाइटडान्सको आम्दानी दोब्बर

असार ५, पेचिङ (चीन) । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बाइटडान्सको आम्दानी गत वर्ष दोब्बर भएको छ । विश्वभर टिकटकको लोकप्रियता बढेसँगै कम्पनीको आम्दानी बढेको हो । सन् २०२० मा कम्पनीको कुल आम्दानी १११ प्रतिशतले बढी ३४ अर्ब ३० करोड डलर पुगेको कम्पनीले कर्मचारीका नाममा जारी गरेको आन्तरिक मेमोले देखाएको हो । विश्वभरका सरकारहरुबाट बाइटडान्स र अन्य चिनियाँ ठूला प्रविधि कम्पनीहरु दबाबमा आइरहेकै बेलामा कम्पनीको आम्दानी बढेको खबर आएको छ । समीक्षा अवधिमा कम्पनीको वार्षिक खूद मुनाफा… पुरा पढौ

स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने

बार्सिलोना। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्। प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणागरेका हुन्। ”४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु,’ समाजवादी नेता सान्चेजले भने,”अर्को बिहीबार हामीएउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं र बैठकमा जुन २६ देखि घरबाटबाहिर खुल्ला ठाउँमा अनिवार्य मास्क लगाउनु पर्नेनियमलाई हटाउने प्रस्ताव ल्याउँदैछौं।” सरकारको यो निर्णयसँगै सामाजिक दूरी कायम गर्न सकिने खुल्ला ठाउँहरुमा पनि मास्क… पुरा पढौ

जुन २२ देखि फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

असार ४, वासिङटन डीसी । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि शुरु हुने जानकारी दिइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पूरै तयारीका थालिएको हो । पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जानकारी… पुरा पढौ

चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् । तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले… पुरा पढौ

अमेरिकासँग आमने सामने हुन किम जोङ उन तयार

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र सामना गर्नका लागि आफ्नो देशले तयारी थाल्नुपर्ने बताएका छन् । किमले वर्ताभन्दा पनि सामनाका लागि विशेषगरी तयारी थाल्नुपर्ने धारणा व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियासँग कूटनीतिक संवादका लागि आफू तयार भएको कुरालाई किम जोङ उनले कुनै वास्ता गरेका थिएनन् । यससँगै किमले पहिलो पटक बाइडेन प्रशासनलाई सीधा रुपमा यसबारे जवाफ फर्काएका छन् । यसै हप्ता उत्तर कोरियाको राजधानी प्योंगयांगमा सुरु भएको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण सेन्ट्रल कमिटीको… पुरा पढौ

भारतमा कोरोना संक्रमण ओरालो लाग्दै

एजेन्सी । भारतमा कोरोना संक्रमण विस्तारै ओरालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा ७५ दिनयताकै कम संक्रमण देखिएको हो । १७ लाख ५१ हजार व्यक्तिको नमुना परीक्षण गर्दा ६० हजार ४ सय ७१ संक्रमित फेला परेका छन् । भारतमा हाल ९ लाख १३ हजार ३ सय ७८ जना सक्रिय संक्रमित छन् । कुल संक्रमितको संख्या दुई करोड ९५ लाख ७० हजार ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा एक लाख १७ हजार ५२५ जना कोरोनामुक्त भएका छन् । कोरोना… पुरा पढौ

टपलेस तस्बिर पोस्ट गरेर विवादमा आएकी थिइन् २७ वर्षकी पोर्न स्टार, घरमा मृत भेटिइन्

तीन सयभन्दा बढी पोर्न फिल्ममा काम गरेकी डकोटा स्कायको रहस्यमयी मृत्यु भएको छ । २७ वर्षकी डकोटाको शव उनको घरमा भेटिएको छ । उनका श्रीमान् घर पुग्दा उनको मृत्यु भएको पत्ता लागेको हो । प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको छ । वेबसाइट मिररको रिपोर्ट अनुसार टपलेस पोजका विषयमा विवादमा छाएकी पोर्न स्टारको यसरी मृत्यु हुँदा धेरैले प्रश्न सोधेका छन् । लस एन्जलिसस्थित निवासमा डकोटी स्कायको शव भेटिएको हो । डकोटा स्कायको वास्तविक नाम लरेन केय स्कट थियो । डकोटाका… पुरा पढौ

अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने

संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गरेका छन् । कोरोनाभाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ । यस वर्षको अन्त्यसम्ममा २० करोड डोज… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com