अन्तर्राष्ट्रिय

बेलायतमा संक्रमण दर एक सातामा झन्डै ७० प्रतिशतले वृद्धि

लन्डन। बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो । कोरोना संक्रमणका कारण एकैदिन झन्डै २३ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् । यो संख्या गत जनवरी ३० तारिख पछिको सबैभन्दा बढी हो । एक साताभित्र ६९ दशमलव ९ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागको तथ्यांकले… पुरा पढौ

कोरोनाविरुद्धको नियम तोडेकोमा बेलायती स्वास्थ्मन्त्रीको पद गयो

असार १३ । कोरोनाविरुद्धको नियम तोड्दै चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्मन्त्रीको पद गएको छ । चौतर्फी दबाब बढेपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन् । भौतिक दूरीको नियम तोड्दै ह्यानककले आफ्नी एक सहकर्मीलाई चुम्बन गर्नुभएको थियो । ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेको थियो । प्रधानमन्त्रीलाई एक पत्र लेख्दै ह्यानककले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ उल्लेख गर्नुभएको छ ।… पुरा पढौ

विश्वकै पहिलो एन्टीभाइरस निर्माताद्वारा आत्महत्या

एजेन्सी । विश्वकै पहिलो एन्टी भाइरस सफ्टवेयर निर्माता व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन् । बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका हुन् । कर छली गरेको अभियोगमा छानविनका लागि अमेरिका सुपुर्दगी गर्ने स्पेनी अदालतको फैसलाको केही घण्टापछि उनले आत्महत्या गरेको बीबीसीले जनाएको छ । जेलभित्र अचेत अवस्थामा फेला परेका उनलाई बचाउने चिकित्सकहरूको प्रयास असफल भएको बताइएको छ । म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर म्याकाफी भाइरस स्क्यान बनाएको थियो । यो एन्टी भाइरसले… पुरा पढौ

फेरि स्वास्थ्य संकटकाल लागू हुन सक्ने जापानको चेतावनी

असार १२, टोकियो । जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न चेतावनी दिएका हुन् । उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन सक्ने शुक्रवार बताएका हुन् । जापानको राजधानीसमेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीवार एकै दिनमा ५७० जना नयाँ संक्रमित भेटिएका छन् । टोकियोमा दैनिक संक्रमितको संख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा… पुरा पढौ

अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन जारी

अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ ।अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने… पुरा पढौ

अष्ट्रेलियामा पुनः लकडाउन

एजेन्सी । अष्ट्रेलियामा कोरोनाको तेश्रो लहरले दिनानुदिन मृृत्युदर बढ्न थालेपछी पुनः लकडाउन गरिएको छ । बेलायत, रुस, स्पेन लगायत अष्ट्रेलियामा पनि नयाँ भेरिएन्टको कोरोना संक्रमण दु्रतगतिमा फैलिएपछी सिड्नी लगायत अन्य केही शहरहरुमा पुनः एक साताका लागि लकडाउन गरिएको हो । लकडाउनको अवधिभर कोही पनि अष्ट्रेलियन नागरिकले बिदेश भ्रमण गर्न पाउने छैनन् भने अन्य मुलुकका नागरिकहरुलाई पनि अष्ट्रेलिया भ्रमणमा रोक लगाइएको छ । लकडाउनको अबधिभर सरकारी कार्यालयका कर्मचारीहरुले घरबाटै काम गर्नुपर्ने नियम लागु गरिएको छ । खाद्यान्न लगायत अन्य अत्यावश्यक सामग्रीहरुको… पुरा पढौ

तिब्बतमा पहिलो पटक बुलेट ट्रेन चल्न सुरु

एजेन्सी । चीनले तिब्बतमा पहिलोपटक शुक्रबारबाट बुलेट ट्रेन सुरु गरेको छ । यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच सुरु भएको हो । भारतको अरुणांचल प्रदेशको सिमा नजिकै रहेको यसको रुट ४ सय ३५ दशमलब ५ किलोमिटर लामो रहेको छ । यो रेल सेवा सिचुवान–तिब्बत रेलवेको मातहतमा रहेको बताइएको छ । तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार पहिलो पटक बिजुलीबाट संचालित बुलेट ट्रेनको सुरुवात गरेको चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाले जनाएको छ । गत नोभेम्वरमा चीनका राष्ट्रपति शी जिनपिंगले तिब्बतमा नयाँ रेल… पुरा पढौ

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, ४ महिना यताकै उच्च संक्रमित

एजेन्सी । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेबु्रअरी ६ पछिकै उच्च हो । फेबु्रअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर उकालो लागेको हो । बेलायतमा संक्रमण दरमा तीव्रता आएपनि मृत्यु दरमा भने खासै वृद्धि भएको छैन । यता अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो केही… पुरा पढौ

एकैपटक १० वटा बच्चा जन्माएको खबरबारे यस्तो निस्कियो वास्तविकता

दक्षिण अफ्रिकामा खुसियामी सिटोले नामकी महिलाले एकैपटक १० वटा बच्चा जन्माएको भन्ने दाबी झुटो साबित भएको त्यहाँका अधिकारीले बताएका छन् । गौतेंग प्रान्तका अधिकारीले राज्यका कुनै पनि अस्पतालमा एकैपटक १० बच्चा जन्मिएको कुनै रेकर्ड नभएको जानकारी दिएका छन् । खुसियामी सिटोले हालै गर्भवती समेत नभएको अधिकारीले खुलासा गरेका छन् । हाल यी महिलाको ‘मेन्टल हेल्थ एक्ट’ अन्तर्गत हेरविचार गरिँदैछ र उनलाई हर सम्भव मद्दत प्रदान गरिएको छ । आधिकारिक बयानमा १० बच्चाको जन्मको झुटो कहानी बुन्नुको पछाडिको कारणबारे जानकारी दिइएको… पुरा पढौ

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास : सकारात्मक जवाफ प्राप्त हुने अपेक्षा

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् । उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सियोलमा रहेका छन् । खासगरी, उत्तर कोरियाली… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com