अन्तर्राष्ट्रिय

न्यूयोर्कमा डेब्यूपछि तितिको मूल्य ६८ अर्ब डलर

असार १७, न्यूयोर्क (अमेरिका) । चीनको सबैभन्दा ठूलो अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी तितिले अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्जमा बुधवार डेब्यू गरेको छ । तिति ग्लोबलको प्राथमिक शेयर निष्कासन (आईपीओ) दक्षिण कोरियाली ई–कमर्श कम्पनी कुपाङपछिको दोस्रो ठूलो भएको एनवाईएसईले बताएको छ । बुधवार कारोबार बन्द हुँदा तितिको शेयर मूल्य प्रतिकित्ता १४ डलर १४ सेन्ट कायम भएको थियो । यो आईपीओभन्दा १ प्रतिशत धेरै हो । योसँगै कम्पनीको मूल्यांकन ६८ अर्ब डलर पुगेको थियो । कोरोना भाइरसको महामारीको प्रभावबाट चिनियाँ अर्थतन्त्र उब्रिएसँगै… पुरा पढौ

क्यानडा र अमेरिकामा लु : जनजीवन प्रभावित, मृत्यु हुनेको संख्या बढ्दै

अमेरिकाको उत्तर–पश्चिमी प्यासेफिक क्षेत्र, ब्रिटिस कोलम्बिया राज्य र क्यानडामा गर्मी र लुले सबै रेकर्ड तोडेको छ । १० हजार वर्षमा एकपटक आउने तातो हावाको प्रभाव क्यानडा र अमेरिकाको पोर्टल्यान्ड, इडाहो, ओरेगन र पूर्वी वासिङटनमा देखिएको छ । क्यानडामा पछिल्ला ४ दिन तापक्रम उच्चतम स्तरमा ४९ दशमलव ६ डिग्री छ । यहाँ पछिल्ला ४ दिनमा २ सय ३३ जनाभन्दा धेरैको गर्मीका कारण मृत्यु भइसकेको छ । त्यसमध्ये भ्यान्कोभरमा मात्रै १ सय ३० भन्दा बढीको मृत्यु भइसकेको छ । क्यानेडाका मुख्य फरेन्सिक… पुरा पढौ

कोभिड–१९ पहिचान गर्न फेशियल स्क्यानर प्रयोग गर्दै आबु धाबी

असार १७, आबु धाबी (संयुक्त अरब इमिरेट्स) । आबु धाबीले कोरोना भाइरसको पहिचान गर्न फेशियल स्क्यानरको प्रयोग गर्ने भएको छ । यसलाई शपिङ मल, केही आवासीय क्षेत्र र भू तथा हवाई प्रवेश विन्दु सबैमा प्रयोग गरिनेछ । फेशियल स्क्यानरले कोभिड– १९ को संक्रमण प्रसारलाई सीमित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आबु धाबी आपतकाल, संकट तथा विपद् समितिले एक विज्ञप्तिमा बताएको हो । यसलाई शृङ्खलाबद्ध रोकथाम प्रक्रिया अन्तर्गत सुरक्षित क्षेत्रहरुमा जडान गरिने पनि विज्ञप्तिमा भनिएको छ । स्क्यानर ईडीई रिसर्च इन्ष्टिच्यूट… पुरा पढौ

शी चिनफिङले विरोधीलाई चेतावनी दिँदै भने, ‘हामी अब कसैबाट पनि दबिने छैनौं’

चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी समारोहमा राष्ट्रपति शी जिनपिङले आफ्ना विरोधीलाई कडा शब्दमा चेतावनी दिएका छन् । बिहिबार आयोजित भव्य समारोहमा जिनपिङले भने, ‘चीन अब कसैबाट पनि दबिने छैन । चीन अब कुनै पनि विदेशी शक्तिलाई हामीमाथि दबाब बनाउन र हामीलाई अधिनमा राख्न कुनै पनि प्रयास गर्न दिनेछैन ।’ करिब ७० हजार दर्शकको उपस्थितिमा जिनपिङले सो कुरा बताएका हुन् । उनको यस्तो भनाई पछि समारोह स्थल तालीले गुञ्जायमान भएको थियो । राष्ट्रपति शी चिनफिङको यो बयानलाई अमेरिका र चीनको हालको तनावसँग… पुरा पढौ

अष्ट्रेलियामा आप्रवासीका लागि भिसा नीति केही लचिलो

अष्ट्रेलियाले आजबाट आफ्नो भिसा नीति केही फेरबेदल गरेको छ । कोरोना महामारीका कारण सन् २०२० को मार्चदेखि ठप्प आप्रवासी सम्बन्धी कार्यक्रमलाई नयाँ आर्थिक वर्षमा पुनर्जागरण गरी आर्थिक समृद्धीको बाटोमा अगाडि बढने नीति अनुसार भिसा नितीमा परिवर्तन गरेको हो । सोही अनुसार भिसा नीतिमा भएका परिवर्तन लागूसमेत भइसकेका छन् भने केही बाँकी परिमार्जनहरू आउँदा दिनमा लागू हुने भएका छन् । सरकारले घोषणा गरेको नयाँ नीति अनुसार हाल अस्ट्रेलियामा रहेका अस्थायी भिसाबाहक जो पर्यटन र कृषि क्षेत्रमा कार्यरत छन् उनीहरूले आफ्नो बसाइँ… पुरा पढौ

क्यानडामा अत्यधिक गर्मी, पाँच दिनमा १३० जनाको मृत्यु

एजेन्सी । क्यानडामा अत्यधिक गर्मीका कारण पाँच दिनमा १ सय ३० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मात्रै ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्येष्ठ नागरिक अधिक हुन् क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम अत्यधिक बढेको हो । मंगलबारमात्रै क्यानडाको लिटनमा लगातार तेस्रो दिन तापक्रम उच्च भइरहेको छ । त्यहाँको तापक्रम अहिलेसम्मकै बढी ४९.६ डिग्री सेल्सियस मापन गरिएको छ । गत हप्तासम्म क्यानडाका कुनैपनि प्रान्तमा ४५ डिग्रीभन्दा बढी तापक्रम पुगेको थिएन । मौसमविद्हरुले… पुरा पढौ

अमेरिकाको फ्लोरिडा भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता

संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ । मेयर काभाले पछिल्लो पटक मङ्गलबार साँझ दिनुभएको वक्तव्यमा बेपत्ता हुनेको संख्या अझै यकिनका साथ बताउन कठिन भइरहेको जानकारी दिए । उद्धारकर्ताहरूले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्यमा कठिन भएको छ । अमेरिकी… पुरा पढौ

पाँचौ ठूलो अमेरिकी कम्पनी बन्यो फेसबुक

असार १५, क्यालिफोर्निया(अमेरिका)। सामाजिक सञ्जाल फेसबुक १० खर्ब डलर भएको पाँचौ ठूलो अमेरिकी कम्पनी बनेको छ । शेयर बजारमा आएको ४ दशमलव २ प्रतिशतले वृद्धि भएसँगै फेसबुकले यो सफलता हात पारेको हो । शेयर सूचक नास्डाकले कम्पनीको प्रतिशेयर मूल्य हाल ३५५ दशमलव ६४ अमेरिकी डलर पुगेको देखाएको छ । फेसबुक निगम एक अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी हो जुन अमेरिकाको मेन्लो पार्क क्यालिफोर्नियामा अवस्थित छ। यो सूचीमा यसअघि एप्पल, माइक्रोसफ्ट, अमेजन र गूगल रहेका छन् । त्यसमध्ये माइक्रोसफ्ट र… पुरा पढौ

आफ्नै विद्युतीय सवारी साधन बनाउँदै होन्डा

असार १५, डेट्रोइट (अमेरिका) । जापानी अटो निर्माता कम्पनी होन्डाले आफ्नै विद्युतीय सवारी साधन बनाउने योजना बनाएको छ । उत्तर अमेरिकाको लागि कम्पनीको पहिलो विशुद्ध विद्युतीय सवारी साधन अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्सले बनाउँदैछ । तर कम्पनीले यो दशकको अन्त्यतिर आफ्नो छुट्टै विद्युतीय कार उत्पादन गर्ने भएको छ । आफूहरुले ईभीको आर्किटेक्चर बनाइरहेको र सन् २०२४ मा जनरल मोटर्सले बनाएको दुई ईभीको विक्री शुरु भएपछि कम्पनीले आफ्नै ईभी निर्माण गर्न शुरु गर्ने होन्डाका अधिकारीहरुले बताएका छन् । आफूहरुको उद्देश्य… पुरा पढौ

हङ्गकङले ब्रिटेनबाट आउने सबै उडानमा लगायो रोक

हङ्गकङले कोरोना भाइरसको डेल्टा भेरियन्टलाई आफ्नो देशमा फैलनबाट रोक्नका लागि ब्रिटेनबाट आउने सबै उडानमा रोक लगाएको छ । ब्रिटेनमा डेल्टा भेरियन्टका संक्रमितको संख्या संसारका थुप्रै देशको तुलनामा निकै धेरै छ र यहाँ यसका संक्रमित तीब्र रुपमा बढिरहेका छन् । यो प्रतिबन्ध एक जुलाईदेखि लागू हुनेछ जसका कारण बेलायतबाट आउने सबै यात्रीको उडान प्रभावित हुनेछ । हङ्गकङले चीनसँग राजनीतिक गतिरोध जारी रहेकै बेला यो यात्रा प्रतिबन्ध लागू गरेको छ । यो प्रतिबन्धको अर्थ यो हो कि – यदि कुनै व्यक्तिले बेलायतमा… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com