अन्तर्राष्ट्रिय

इंग्ल्याण्डमा दुवै डोज खोप लगाएका व्यक्ति आइसोलेशनमा बस्न नपर्ने

लन्डन– कोरोनाविरुद्ध खोपको दुवै डोज लगाएका इंग्ल्याण्डवासीहरुले आइसोलेशनमा बस्न नपर्ने भएको छ । यहि जुलाई १६ बाट लागू हुने गरि १८ वर्ष भन्दा कम उमेरका र खोपको दुवै डोज लगाइसकेका व्यक्तिहरुले आइसोलेशन बस्न नपर्ने भएको छ । कोरोना संक्रमितको सम्पर्कमा आएपनि कोरोना पोजिटिभ नभएसम्म आइसोलेशन बस्न नपर्ने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । जसको लागि खोपको दोस्रो डोज लगाएको कम्तिमा दुई हप्ता भइसकेको हुनुपर्नेछ । तर, खोप लगाएका वा नलगाएका जो कोहिलाई कोरोना पोजिटिभ देखिएमा भने सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ… पुरा पढौ

१२ खर्बमा बनेको चीनको नयाँ भव्य विमानस्थल सञ्चालनमा

चीनको बहुप्रतिक्षित छेङ्गदु टियान्फु अन्तरराष्ट्रिय विमानस्थल आधिकारिक रुपमा सञ्चालनमा आएको छ । सिचुवान एयरलाइन्सले आइतबार बिहान स्थानीय समयानुसार ११ बजे बेइजिङका लागि पहिलो उडान भर्यो । सिचुवान प्रान्तको राजधानी छेङ्डु दुईवटा अन्तरराष्ट्रिय विमानस्थल भएको देशको तेस्रो शहर हो । यो विमानस्थल ७० बिलियन चिनियाँ युआन (१०.८ बिलियन डलर) अर्थात् १२ खर्ब रुपैयाँको लागतमा बनेको हो । यो विमानस्थल ७१०,००० स्क्वायर मिटरमा फैलिनुका साथै तीनवटा रनवे छन् भने दुईवटा टर्मिनल छन् । यो विमानस्थलले वर्षमा १० करोड यात्रुलाई उडान गराउन सक्नेछ… पुरा पढौ

चीनबाट एप हटाउँदा व्यवसाय प्रभावित हुने तितीको भनाइ

असार २१, पेचिङ (चीन) । घरेलु स्टोरबाट एपलाई हटाउँदा आफ्नो आम्दानीमा प्रतिकुल असर पर्ने चीनको सबैभन्दा ठूलो अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी तिती छुसिङले चेतावनी दिएको छ । चीनको इन्टरनेट नियामकहरुले एप स्टोरहरुलाई तितीको एप हटाउन आदेश दिएका थिए । कम्पनीले प्रयोगकर्ताहरुको डेटा अनुचित रुपमा संकलन गर्ने गरेको नियामकहरुको भनाइ छ । कम्पनीले न्यूयोर्क स्टक एक्सचेञ्जमा शेयर बेच्न थालेको केही दिनपछि नियामकहरुले कम्पनीमाथि कडाई गरेका हुन् । एप स्टोरबाट एपलाई हटाउँदा यसका विद्यमान प्रयोगकर्ताहरुलाई प्रभाव पर्दैन । तर नयाँ प्रयोगकर्ताहरुले… पुरा पढौ

अमेरिकी सेनाले निर्धारित मितिमै अफ्गानिस्तान छाड्नुपर्ने तालिवानको अडान

एजेन्सी । तालिवान लडाकूहरुले सेप्टेम्बरपछि अफगानिस्तानमा अमेरिकी सेना रहे जुनसुकै बेला कारवाही गर्ने चेतावनी दिएको छ अमेरिकाले यसअघि नै सेप्टेम्बर ११ पछि आफ्ना सबै सेना फिर्ता बोलाउने निर्णय गरिसकेकाले फेरि पनि विभिन्न बहानामा ती सैनिक अफगानिस्तानमा रहे कारवाही गर्ने चेतावनी तालिवानले दिएको हो । अमेरिकाले कुटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि करिब एक हजार जना अमेरिकी सेना अफ्गानिस्तानमै रहने जनाएसँगै तालिवान विद्रोहीको यस्तो प्रतिक्रिया आएको हो । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) गठबन्धनको अमेरिकी सेना विगत २० वर्षदेखि… पुरा पढौ

दलाई लामाको जन्मदिनको उपल्यक्षयमा नेपालका लागि अमेरिकी राजदुत बेरीले दिए शुभकामना

नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिनु भएको छ बेरीले लामाको ८६ औं जन्मदिनको उपलक्ष्यमा ट्विटरमा शुभकामना सन्देश दिनुभएको हो । शुभकामना सन्देशमा बेरीले लेख्नुभएको छ, ‘जबसम्म माैलिक मानव अधिकारको हनन नहुँदाेहाेत शान्ति र स्वतन्त्रता सुनिश्चित गर्न सकिँदैनथ्याे । त्यस्तै जबसम्म उत्पीडन र दमन हुन्छ तबसम्म शान्ति र स्थायित्व हुन सक्दैन ।’ बेरीले विश्व शान्ति र प्रेमका लागि प्रेरणा दिन पनि लामालाई आग्रह गर्नुभएको छ । तिब्बती धर्मगुरु लामा भारतमा निर्वासित जीवन बिताइराख्नु भएको… पुरा पढौ

कोरोना विरुद्धको खोप वितरणमा समानता होस : बान कि मुन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिरहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन् । एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने– यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता… पुरा पढौ

हुवावेई कम्पनी एप्पल सरह शक्तिशाली : क्वालकम सीईओ

असार १९, बार्सिलोना । अमेरिकी चिप निर्माता कम्पनी क्वालकम इंकको नयाँ सीईओ क्रिस्टियानो एमोनले हुवावेई कम्पनी एप्पल सरह शक्तिशाली रहेको बताएका छन् । हालैमात्र कम्पनीको सीईओ नियुक्त भएका उनले स्मार्टफोनको बजारमा एप्पलजस्तै हुवावेई पनि उक्तिकै शक्तिशाली रहेको बताएका हुन् । उनले चिनियाँ बजारमा समेत क्वालकमलाई बलियो बनाएर अझ धेरै आम्दानीको स्रोत निर्माण गर्ने अपेक्षा रहेको बताए । उनले जुन रुपमा आज हुवावेईको बजारमा ठूलो असर परेको छ, त्यसले स्मार्टफोनको बजारमा एउटा ‘ग्याप’ सृजना भएको बताए । उनले हाई–इन्ड स्मार्टफोनमा हुवावेईका… पुरा पढौ

भारतमा बनेको कोभिसिल्ड खोप लगाएकाहरूलाई युरोप प्रवेशमा रोक

कोरोना खोप लगाएकालाई यात्रा अनुमति दिने तयारी गरेको युरोपेली संघले भारतमा उत्पादित कोभिसिल्ड लगाएकालाई भने प्रतिबन्ध लगाउने भएको छ । युरोपेली संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा उत्पादित कोभिसिल्ड लगायतका केही खोप लगाएकालाई विश्वास गर्न नसकिने जनाएको हो । युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ । अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकालाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिइने र यसो भएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण फैलन कम हुने उनीहरूको… पुरा पढौ

कश्मीरमा मुठभेड, जिल्ला कमाण्डरसहित ५ चरमपन्थी मारिए

एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित पुलवामा जिल्लामा भएको मुठभेडमा पाँच चरमपन्थीको मृत्यु भएको छ लश्कर ए–तैयबा नामक चरमपन्थी संगठनको जिल्ला कमाण्डर निशाज लोन खिताबसहित पाँच जनाको मृत्यु भएको कश्मीर जो प्रहरीले जानकारी दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मुठभेडमा एक सेनाका जवानको पनि मृत्यु भएको छ । पुरा पढौ

अमेरिकी सेनाले २० वर्षपछि छाड्यो बग्राम शहर

एजेन्सी । अमेरिकी सेनाले २० वर्षपछि अफ्गानिस्तानको बग्राम शहर छाडेको छ । अमेरिकी र नाटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम एयरबेस छोडेको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका हुन् । अफगान राष्ट्रिय सुरक्षा एवम् रक्षा बललाई सो क्षेत्र पूर्ण रुपमा सुम्पिएको बताइएको छ । आगामी सेप्टेम्बर ११ सम्म अमेरिकी सेना फिर्ता गरिसक्ने योजना अन्तर्गत सेनाले उक्त क्षेत्र छाडेको हो । यसले अफगानिस्तानबाट विदेशी सेनाको पूर्ण बहिर्गमन टाढा छैन भनेर बुझ्न सकिने अधिकारीहरुले जनाएका छन् । यद्यपी अफ्गान सुरक्षा बलको निर्णय… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com