अन्तर्राष्ट्रिय

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै

चिनियाँ विदेशमन्त्री वाङ यीले यसैहप्ता मध्य एसियाका ३ देशमा भ्रमण गर्न लागेका छन्। उनको यस भ्रमणलाई विदेश नीतिका पर्यवेक्षकहरुले अफगानिस्तानमा अमेरिकाले छाडेको ‘शक्तिको रिक्तता’लाई पूर्ति गर्ने कार्यको रुपमा हेरेका छन्।यसहप्ता विदेशमन्त्री यी तुर्केमिनिस्तान, ताजकिस्तान र उज्बेकिस्तानको भ्रमणमा जानेछन्। यी देशहरु सांघाई सहयोग संगठन एससीओमा आवद्ध मूलुकहरु हुन्। एससीओमा यी तीन मूलुकसँगै चीन, काजकिस्तान र रुस पनि संलग्न छन्। चिनियाँ विदेशमन्त्रीले एससीओमा आवद्ध राष्ट्रका विदेशमन्त्रीसँग छलफल गर्नेछन्। सो क्रममा अफगानिस्तानसँग सम्पर्कको जिम्मा पाएको एससीओको समूहसँग पनि यीको वैठक हुनेछ। धेरै अमेरिकी… पुरा पढौ

पहिलो विधानसभा निर्वाचनका लागि कतार सरकारद्वारा पर्यवेक्षण समिति गठन

एजेन्सी । कतारले आफ्नो पहिलो विधानसभा निर्वाचनको पर्यवेक्षणका लागि एक समिति गठन गरेको आगामी अक्टोबरमा हुने विधान सभा निर्वाचनको निष्पक्षता अनुगमन गर्नका लागि समिति गठन गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ । दुई तिहाइ अथवा ४५ मध्ये ३० सदस्यीय सल्लाहकार काउन्सिलका लागि मतदान हुने कतार सरकारले जनाएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीले १५ जना काउन्सिल सदस्य नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको बताइएको छ । प्रधानमन्त्री शेख खालिद बिन खलिफा अल थानीको निर्देशनमा गठन भएको पर्यपेक्षण समितिको… पुरा पढौ

हाइटी : मारिएका राष्ट्रपतिकी श्रीमती पहिलो पटक बोलिन्, हमलाको विवरण दिइन्

हाइटीका राष्ट्रपति जोवेनेल मोइजकी घाइते श्रीमतीले राष्ट्रपतिमाथि हमला गरेर हत्या गरिएको घटनाबारे पहिलोपटक मुख खोलेकी छिन् । उक्त दुर्घटनामा राष्ट्रपतिकी श्रीमती गम्भीर रुपमा घाइते भएकी थिइन् । दिवंगत राष्ट्रपति मोइजकी श्रीमती मार्टिन मोइजले हमला यति तीब्र गतीमा भयो कि उनका श्रीमान् जोवेनेलले एक शब्दसमेत बोल्न नसकेको बताइन् । गत जुलाई ७ तारिखमा भाडामा लिएका २८ विदेशी सैनिकले राष्ट्रपति मोइजको हत्या गरेको बताइएको छ । हमलामा गम्भीर रुपमा घाइते भएकी राष्ट्रपतिकी श्रीमती मार्टीन मोइजलाई उपचारका लागि मायामी पुर्याइएको थियो । शनिबार… पुरा पढौ

बेलायतमा डेल्टा भेरिएन्ट फैलियो

एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्ट तीब्र रुपले वृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यहाँ बिगत एक सातामा ३२ प्रतिशतले डेल्टा भेरियन्टमा वृद्धि भएको हो । बेलायतमा खोप अभियान द्रुत गतिले अघि बढीरहेकै बेला फैलिएको डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या बढेपनि मृतकको संख्यामा भने कमी आएको छ । बेलायती बैज्ञानिकहरुले हालै गरेको अनुसन्धानमा खोप लगाएका ब्यक्ति भन्दा खोप नलगाएका ब्यक्तिहरु डेल्टा भेरियन्टका कारण प्रभावित भएका छन् । बेलायतमा पछिल्लो २४ घण्टामा ५४ हजार २ सय… पुरा पढौ

मृत्युको वर्षौंपछि खुल्यो रहस्य : ड्रग्सका अम्मली थिए ब्रुस ली

मार्सल आर्टिस्ट ब्रुस ली गोप्य रुपमा ड्रग्स प्रयोग गर्थें, उनलाई लेखिएको पत्रले यही सार्वजनिक गर्छ । फिल्म स्टार ब्रुस लीले अर्का फिल्म अभिनेता रोबर्ट बैंकरलाई ५० भन्दा धेरै पत्र लेखेका थिए । जहाँ उनको ड्रग्स दुर्व्यसनबारे उल्लेख छ । बैकहरुलाई लेखिएको पत्रले देखाउँछ कि बैंकले उनलाई ड्रग्स सप्लाई गर्ने गरेका थिए । यसमा कोकिन, एलएसडी र गाँजा समावेश थियो । १९६९ देखि ब्रुस लीको निधन हुँदासम्म अर्थात् १९७३ सम्म बैंकरले यी ड्रग्सहरु सप्लाई गर्ने गरेका थिए । निधन हुँदाको समय… पुरा पढौ

के तीन डोजले पाइन्छ कोरोनाबाट पूरा सुरक्षा ? फाइजरले तेस्रो डोजका लागि माग्नेछ अनुमति

दुनियाँको एउटा ठूलो औषधी कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोना भ्याक्सिनको तेस्रो डोजका लागि अनुमति माग्ने भएको छ । कम्पनीका अनुसार १२ महिना भित्र अर्को एउटा डोजले कोरोनाविरुद्धको प्रतिरोधी क्षमतालाई नाटकीय रुपमा बुस्ट गर्नसक्छ । यसले डेल्टा भेरियन्टबाट हुने संक्रमणबाट लड्नका लागि पनि मद्दत गर्ने कम्पनीले दाबी गरेको छ । थुप्रै देशमा गरिएको अनुसन्धानमार्फत् पत्ता लागेअनुसार फाइजरको यो खोपले डेल्टा भेरियन्टविरुद्ध बलियो सुरक्षा प्र्रदान गर्न सक्षम छ । यो खतरनाक भेरियन्ट यतिबेला संसारभरी फैलिरहेको छ र अमेरिकामा भेटिइरहेका कोरोनाका बिरामी धेरैजसो… पुरा पढौ

मोदीले बिस्तार गरे ४३ सदस्यीय मन्त्रिमण्डल, को–को परे ? (सूचीसहित)

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद बिस्तार गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री मोदीले १५ मन्त्री र २८ राज्यमन्त्रीसहित ४३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका हुन् । केन्द्रीय मन्त्रीहरुमा नारायण राणे, सर्वानन्द सोनोवालसहित मध्य प्रदेशका ज्योतिरादित्य सिन्धिया र वीरेन्द्र कुमार लगायतले सपथ लिएका छन् । त्यस्तै २८ राज्यमन्त्रीले पनि सपथ लिएका छन् । जसमा उत्तर प्रदेशका अनुप्रिया पटेल र पंकज चौधरी लगायत सामेल छन् । यी हुन् १५ केन्द्रीय मन्त्रीनारायण राणेसर्बानन्द सोनोवालवीरेन्द्र कुमारज्योतिरादित्य सिंधियाआरसीपी सिंहआश्विनी वैष्णवपशुपति कुमार पारसकिरण रिजिजुहरदीप सिंह… पुरा पढौ

जर्मनीले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने

एजेन्सी । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको छ । यद्यपि खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ । खोप नलगाएका व्यक्तिले पनि क्वारिन्टीनमा बसेको पाँचौँ दिनमा परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण नपाइएमा उनीहरूलाई स्वतन्त्र हिँडडुल गर्न दिइने पनि जर्मनीको प्रशासनले बताएको छ । बेलायत, पोर्चुगल, रूस, भारत र… पुरा पढौ

संसद् भवनमै मन्त्रीले गलत तरिकाले संवेदनशील अङ्गमा छोएको अस्ट्रेलियाकी पूर्वसांसद्को आरोप

एजेन्सी । अस्ट्रेलियाकी एक पूर्वसांसद्ले मन्त्रीले आफूलाई गलत तरिकाले संवेदनशील अङ्गमा छोएको आरोप लगाउनुभएको छ । पूर्वसांसद् जुलिया बैंक्सले २०१७ मा संसद् भवनमा एक मन्त्रीले आफूलाई गलत तरिकाले जाङ्गमा छोएको आरोप लगाउनुभएको हो । संसदीय भोट सत्रको दौरानमा आफूमाथि यो घटना भएको उहाँको भनाइ छ । पूर्वसांसद्को आरोपपछि प्रधानमन्त्री स्टक मोरिसनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफूलाई यस घटनाको बारेमा यसअघि थाहा नभएको जनाएको छ । विज्ञप्तिमा पूर्व सांसद्माथि भएको दुर्व्यवहार गलत भएको उल्लेख गरिएको छ । संसद् भवनमै मन्त्रीले… पुरा पढौ

२५ % ले घट्यो तिती छुसिङको शेयरमूल्य

न्यूयोर्क (अमेरिका) । चिनियाँ अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी तिती छुसिङको शेयर मूल्यमा मंगलवार तीव्र कमी आएको छ । कम्पनीको शेयर न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत भएको एक हप्ता पनि बितिनसकेको अवस्थामा शेयरमूल्यमा कमी आएको हो । मंगलवार बिहान कम्पनीको प्रतिकित्ता शेयर ११ डलर ५८ सेन्टको न्यून विन्दुमा आएको थियो । यो अघिल्लो दिनबजार बन्द हुँदाको तुलनामा २५ प्रतिशतभन्दा धेरै कम हो । तितीले घरेलु प्रयोगकर्ताहरुको डेटा दुरुपयोग गरेको विषयमा अनुसन्धान शुरु भएको अनि घरेलुएप स्टोरबाट कम्पनीको एप डाउनलोडमा लगाइएको प्रतिबन्धका… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com